एनआरएनए कुवेतले झापाका बाढिपिडीतलाई राहात बितरण गर्यो


अमित चाम्लिङ राई 

15128737_1315120461851932_1216746154_nनोभेम्बर १९, दमक, झापा। एनआरएनले कुवेतले झापा जिल्लाका बाढिपीडितलाई २ लाख १ हजार ९ सय सोह्र रुपैयाँ राहत रकम २६ घरधुरिलाई आज दामासाहीले बितरण गरेको छ |

झापा जिल्लाको दमक नगरपालिकाका बिभिन्न वडाका स्थानहरुमा गत बर्षायाममा गएको बाढिले रतुवा खोला र मौवाखोला आसपासका क्षेत्रमा वस्ति डुबान खेती कटान हुदा ठुलो क्षती पुगेको थियो |

img_7625बाढी पीडितहरुको पूर्ण विवरण दमक नगरपालिकाले उपलब्ध गराएको थियो | पीडितहरुको वास्तबिक अवस्था बुझ्न हिजो एनसीसी कुवेतका महसचिव अमित, निवर्तमान उपाध्यक्ष मनिष राई, स्थानिय समाजसेवी शंकर बस्नेत , सुरेश तामङ सुनसान ,गंगा धिमाल ,नगरपालीका दैवि प्रकोप समितिका अोभरसियर अोम कृष्ण लिम्बूको साथमा स्थानिय जनतासँगै नगरपालिकाले सर्बेक्षणको विवरण भिडाई वास्तबिक पीडितहरुको स्थलगत निरीक्षण गरीएको थियो । भने यातायात सुबिधाको लागि दमक नगरपालिकाले सहयोग गरेको थियो |
img_7628उक्त स्थलगत निरीक्षण पश्चात एक कार्यक्रम आयोजना गरी सो राहत रकम बितरण गरिएको थियो | हिमालय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतको कार्यक्रम सन्चालनमा सभापती सुसान शुरेश तमाङ, प्रमुख अतिथी दमक नगरपालिका नि. कार्यकारी प्रमुख महेन्द्र बस्नेत, अतिथीहरुमा बिभिन्न राजनैतीक दलका नेताहरु एमाले नगर अध्यक्ष बोधराज घिमिरे , नेका नगर सभापति रोशन बिष्ट, माअोबादी केन्द्र झापा अध्यक्ष बिजय साम्पाङ र बिशेष अतिथी राष्ट्रिय समन्वय परिषद, कुवेत महासचिव अमित चाम्लिङ साथै बुद्दीजिवीहरु बिच बाडीपीडितको उपस्थितिमा उक्त रकम उपस्थित सबैमा दामासाही रुपमा बितरण गरिएको थियो |

img_7636शुभकामना मनतब्य राख्ने क्रममा अतिथीहरु नेका नगर सभापति रोशन बिष्टले दातालाई हृदय देखी नै धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख अतिथी महेन्द्र एमाले अध्यक्ष घिमिरेले दमकवासी जनता भाग्यमानी भएको र यहाँ भेलबाढी बग्दा कुवेतमा हृदय भरी आशु बगाउदै समुन्द्र पारी रकेहा कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले गरेको सहयोगको उच्च सम्मान र एनसीसी कुवेत प्रती आभार प्रकट गरेका थिए। “सहयोग राशी सानो होस या ठुलो होस त्यो भन्दा महत्वपूर्ण कुवेतबासी नेपाली मन यहाँ आएको छ ,कुवेतबासी नेपालीहरुको आधा गाँस आएको छ ,यसलाई साधारण लिनु हुन्न “भन्दै अतिथी माओबादी केन्द्र झापा अध्यक्ष बिजय साम्पाङले सम्पूर्ण सहयोगी कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतलाई धन्यवाद दिईरहँदा उपस्तिथ सबैमा सन्नाटा छाएको थियो |
बाढी पीडितहरुले दुरदराज समुन्द्र पारीबाट पिडामा मल्हम लगाई दिएकोमा दाताहरुलाई धन्यवाद दिएका थिए | आफ्नो नाना र छाना जोड्न कुवेतमा रहनुभएका नेपालीहरुले आज नेपाल सरकार तथा दमक नगरपालिकाले गर्न नसकेको काम एनआरएनए कुवेत गरेर देखाएकोमा नेपाली मन प्रती फेरी एक पटक गर्व महशुस गरेको बताएका थिए।

15174509_1315119445185367_1530989211_nएक बाढि पीडितले भने धेरै पटक आफ्नो क्षति पुर्तीको विवरण टिपाएको र टिप्न पनि मान्छेहरु आएका थिए सहयोगको आशै आशामा महिनौ बित्यो | आज पनि त्यस्तै होला भनी सोधार हुँदै आएको थिएँ तर यस्तो राहत सहयोग पाउँदा यि दाताहरुलाई आशिर्वाद छ एक पीडितले राहत प्राप्त गरेपछी भने |

15151048_1315118538518791_494625155_nबिहान दश बजेबाट शुरु भएको कार्यक्रमलाई साढे एघार बजे कार्यक्रम सभापति सुनसान शुरेस तमाङले सहयोगी कुवेतवासी नेपालीहरु दाजुभाइ दिदीबहिनीहरु, एनआरएनए कुवेतलाई धन्यवाद दिदै र राहत रकमलाई सदुपयोग गरिदिनुहुन पीडित समक्ष अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )