तरूण दलका नयाँ नेतृत्व शीर्ष नेताको दास कि रूपान्तरणकारी युवा नेता?


कर्ण बहादुर अधिकारी।
16101246unnamedनेपाली कांग्रेस पार्टीको भातृ संगठन तरूण दलको १२ बर्ष पछि पोखरामा भएको चौथौ महाधिवेशन पनि सकिएको छ।भब्यताका साथ महाधिवेशनको उद्घाटन गरीए पनि बन्दसत्रको दौडानमा सहमतीय प्रणालीमा गएर सर्वसम्मत चयन गर्नु पर्छ भन्दै पार्टीका शीर्ष नेताहरूको आदेशको पर्खाईमा रहे आदेशको फलस्वरूप महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीका तीनै वटा गुटबाट यूवा नेताहरू टपक्क टिपेर सर्व सम्मत चयन गरीयो।देउवा पक्षबाट नेपाल तरुण दलको अध्यक्षमा जितजंग वस्नेत ,सिटौला पक्षबाट उपाध्यक्षमा उत्तम चापागाई ,रामचन्द्र पक्षबाट महासचिवमा भुपेन्द्रजंग शाही र देउवा पक्षबाटै कोषाध्यक्ष विद्वान गुरूङलाई चयन गरेर नयाँ आयम छरी दिएका छन भने अन्य कार्य समिति बिस्तार गर्नका लागि ती ४ जना तरूण नेताहरूको छलफलबाट टुंगो लगाउने कुरा बिबिसी नेपाली सेवामा रबिन्द्र मिश्रले अध्यक्ष जीतजंग बस्नेतसंग गरीएको कुराकानीबाट प्रष्ट भएको छ।

नेपाली कांग्रेस पार्टी लोकतन्त्रमा बिस्वास राख्ने पार्टी भएको हुँदा यस पार्टीले लोकतन्त्र पद्धतिलाई अबलम्बन गरेर अगाडी बढ्नु पर्ने थियो तर बर्तमान समयमा पूर्णतय कांग्रेस लोकतान्त्रिक पद्धतिबाट बिमुख हुँदै गई रहेको अबस्था छ।नेपाली कांग्रेसको १३औं महाधिवेशनमा पार्टी भित्र धेरै गुट उपगुट जन्मिए उक्त गुटका कारण कांग्रेस भित्र ठूलै बिबाद सृजना भयो पार्टी भित्र निष्ठाको राजनिति गर्नेहरूलाई सबैले पाखा लगाई दिए।सिटौला गुटका कारण रामचन्द्र पौडेलले पराजय भोग्नु पर्यो।त्यहि सिटौला गुटका उपजका कारण गगन थापा स्वास्थ्य मन्त्री बन्न सफल भए भने गगनले पनि मन्त्रि हुने बित्तिकै सिटौलाबाट आशिर्बाद थाप्न भ्याए।कांग्रेसकै अर्को भातृसंगठन तरूण दल र महिला संघमा पनि पौडेल पक्षले नराम्रो पराजय भोग्नु पर्यो कारण गुट नै थियो।त्यस पश्चात भर्खरै सम्पन्न भएको तरूण दलको महाधिबेशनमा भने पौडेल पक्षले सहमतिमा गई सर्बसम्मत भागबण्डा गरेर कार्य समिति चयन गर्नु पर्छ भन्ने बिचारका साथ अगाडी बढ्नाले अहिले बनेको कमिटी भागबण्डाबाट निर्माण भएको कमिटी हो।उक्त कमिटीमा सबै गुटले स्थान पाउन सफल भएको छ।कार्य समिति बिस्तार गर्दा देउवा पक्षबाट ४०% पौडेल पक्षबाट ३०% र सिटौला पक्षबाट ३०%गरी कार्य समिति बिस्तार हुने छ।

१२ बर्ष पछि भएको महाधिवेशनमा हजारौ तरूणहरूको उल्लेख्य उपस्थिति रहे पनि ती पार्सद ,प्रतिनिधिहरूको भावनालाई भने कहि कतैबाट पनि कदर गरीएन गरीयो केवल नेताहरूको आदेशलाई जस्तो आदेश आयो त्यहि अनरूप अगि बढे।तरूण नेताहरूले रूपान्तरणकारी यूवा नेता भन्दा शीर्ष नेताहरूको दासत्व भएको प्रष्ट देखियो।शीर्ष नेताले जसलाई टिका लगाई दिए तिनीहरू नै नेतृत्व पंक्तिमा चयन भए।यति लामो समय देखि चुनाव नभएको तरूण दलमा बिभिन्न क्षेत्रीय भेगबाट आएका तरूणहरूको बुलन्द आवाजलाई कसैले पनि सुन्नै चाहेनन्।यस महाधिवेशनमा गुटलाई अन्त्य गर्न खोजिए पनि झन चरम रूपमा भागबण्डा नै गरीयो।जो ब्यक्ति नेताको आशे पासे भए उनीहरूले नै मौका पाए ।खै त दुर दराजका तरूणहरूको अस्तित्व?कता गए ती तरूणहरूको भावना ?कता लोप गराए लोकतान्त्रिक पद्धति?पोखरा कै महाधिवेशनमा पनि उल्लेख्य मात्रामा तरूणहरू निष्पक्ष रूपमा निर्वाचन भएर संगठनलाई हाक्न सक्ने किसिमको नेतृत्व हुनु पर्छ भन्नेमा थिए तर तीनीहरूको कुरालाई कसैले पनि सुन्नी चेष्टा सम्म पनि गरेनन् अब तपाईहरू नै भन्नु होस यहि हो त कांग्रेस भित्रको लोकतन्त्र?

नेपाली कांग्रेस भित्र केहि खराब ब्यक्तिहरूको जन्म भई सकेको छ ती ब्यक्तिले न त बीपीको बिचारलाई नै मान्छ न त लोकतान्त्रिक पद्धतिलाई नै मान्छ केवल आफ्नै नितिलाई पार्टी भित्र आफ्नै निति लागु गर्दै सिमित गुटका मात्र नेतृत्व गरेर पार्टी हाकि रहेका छन।त्यस कारण कांग्रेस हुँ भन्नेहरूले छात्तिमा हात राखेर बोल्ने बेला आई सकेको छ कांग्रेसले अब बीपीको निति र बिचार बिना अगाडी बढ्नै सक्दैन भनेर।हामीहरू अब जाग्ने बेला आएको छ पार्टीको शाखलाई उच्च मनोबलका साथ अगाडी बढाउने हो भने कांग्रेस लोकतान्त्रिक धारबाट अलग रहन सक्दैन।
जय नेपाल।
कर्ण बहादुर अधिकारी।
संस्थापक सचिव
नेपाली जनसम्पर्क समिति,मकाउ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )