काठमाडौंमा बन्दको प्रभाव आंशिक, दोलखामा कार र मोटरसाइकल जलाइयो


सडकमा बाक्लो सुरक्षाकर्मी परिचालन •सार्वजनिक सवारी पनि आंशिक सञ्चालन •काठमाडौंमा ७७ जना समातिए
13112016091100photo-2-1000x0कार्तिक २८, २०७३- नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा आंशिक परेको छ । राजधानीबाहिर भने सामान्य प्रभाव परेको कान्तिपुरका जिल्ला संवाददाताहरुले जनाएका छन् । काठमाडौंमा सबेरै सवारी ठप्प रहे पनि उज्यालो भएपछि सडकमा सवारी चाप बढ्न थालेको छ । साझा यातायातलगायतका आंशिक सार्वजनिक सवारी पनि सञ्चालनमा आएका छन् । मोटरसाइकल र अतिआवाश्यकीय सवारी भने निर्वाध सञ्चालन भएका छन् ।

चन्द माओवादीले यसअघि गरेजस्तो आगजनी, तोडफोडलगायतका हिंसात्मक घटना भएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाका अनुसार बन्द गर्न खटिएका माओवादीका केन्द्रीय नेतासहित ७७ जना समातिएका छन् ।

धनकुटालगायतका जिल्लाबाट पनि चन्द माओवादीका स्थानीय नेता कार्यकर्ता पक्राउ परेका छन् ।

कालाबजारी, महंगी, मूल्यवृद्धि नियन्त्रणको माग गर्दै माओवादीले बन्द गरेको हो । खाद्य सम्प्रभूताको ग्यारेन्टी माग गर्दै माओवादी चन्द समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाईसमेत यसअघि ज्ञापन पत्र बुझाएको थियो ।

माओवादी नेता माइला लामाले नागरिकको तर्फबाट राज्यलाई जिम्मेवार बनाउन उद्देश्यले बन्द गरेको दाबी गरे ।

पूर्वको मेची, कोसीलगायतका राजमार्गमा प्रहरीले स्कर्टिङ गराएर सवारी सञ्चालन गरेको छ ।

दोलखामा कार र मोटरसाइकल जलाइयो
दोलखा संवाददाता राजेन्द्र मानन्धरका अनुसार सदरमुकाम चरिकोटस्थित होटल शुभेच्छा अगाडि राखिएको निजी कार र दुइटा मोटरसाइकल जलाइएको छ ।

राति २ बजे अपरिचित समूहले दोलखा उद्योग वाणिज्य संघका महासचिव इन्द्र श्रेष्ठको बा १० च १४७४ किया स्पोर्टिज कार र जिविसका सूचना अधिकारी विक्रम कार्कीको बा २ ख २४० नम्बरको मोटरसाइकल र गुणराज पोखरेल बा ४७ प ४९७८ नम्बरको मोटरसाइकल जलाएको हो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरामा माओवादी मजदुर नेता पक्राउ
पोखरा संवाददाता लालप्रसाद शर्माका अनुसार विप्लव माओवादीको बन्दको असर पर्यटकीय सहर पोखरामा पनि परेको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सार्वजनिक र अन्य निजी सवारी पनि चलेका छैनन् । बजार, शैक्षिक संस्था, उद्योगधन्दा ठप्प छन् ।

नेपाल तरुण दलको चौथो महाधिवेशनका लागि जिल्लाजिल्लाबाट आएका झन्डासहितका गाडी र केही मोटरसाइकल भने निर्वाध चलेका छन् । बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

तरुण दलको महाधिवशेनलाई लक्षित गरी प्रतिनिधिलाई आवतजावतका लागि कुनै अवरोध नगर्ने माओवादीले जनाएको छ । यसैबीच बन्द गराउँदै हिडेको भन्दै प्रहरीले रामबजारबाट माओवादी मजदुर संगठनका कास्की सचिव अमृत सापकोटालाई नियन्त्रणमा लिएको छ ।

रात्रीबसमा ढुङ्गा प्रहार
धादिङ संवाददाता हरिहरसिंह राठौरका अनुसार आइतवारका वन्दकर्ताहरुले बिहान रात्रीवसमा ढुङ्गाप्रहार गर्दा २ जना यात्रु सामान्य घाइते भएका छन् । उक्त वसको अगाडिको सीसा समेत फुटेको छ ।

‘वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७६०२ रात्रीवसलाई बन्द कार्यकर्ताहरुले भिरालो कान्लामा लुकेर ढुङ्गा प्रहार गरेको देखिन्छ,’ गजुरी स्थित इलाका प्रहरीका प्रहरी निरिक्षक विजयवहादुर सिंहले वताए ।

राजमार्गमा फाटफुट सवारी साधनहरु सञ्चालनमा रहेका छन् । सडक सुरक्षाका लागी पृथ्वीराजमार्गका सवै प्रहरी चौकी तथा ट्राफिक प्रहरी लाई परिचालन गरिएको छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरदकुमार खत्रीको कमाण्डमा यात्रुवाहक वस तथा ढुवानी साधनहरु सुरक्षाका साथ गन्तव्यमा पठाउँदै गरिएको प्रहरीले जनाएकोछ ।

प्रसिद्ध डिग्रे मेलाको कारण बन्द खुकुलो
रुकुम संवाददाता हरि गौतमका अनुसार नेकपा माओवादीले गरेको नेपाल बन्द यहाँ खुकुलो पारिएको छ । राप्ती अञ्चलकै प्रसिद्ध डिग्रे शाइकुमारी मन्दिरमा लाग्ने धार्मिक मेलालाई मध्यनजर गर्दै जिल्लाको बन्दलाई खुकुलो बनाइएको माओवादीले बताएको छ ।

सदरमुकाम लगायत आसपासका बजारका साथै जिल्ला भित्रका सबै रुटमा चल्ने सवारी साधनहरु चलिरहेका छन् भने सदरमुकाम खलंगा बजार आसपासका बजार पनि खुला छन् ।

मुसीकोट नगरपालिका–१, स्थित थर्पुमा लाग्ने डिग्रे शाइकुमारी मेला ५ दिन सम्म चल्ने गर्दछ । हरेक वर्षको हरिबोधनी एकादशिबाट सुरु हुने यो मेला कार्तिक पूर्णिमाको दिन विशेष हुने गर्दछ । हरिबोधनी एकादशिदेखि मन्दिरमा पूजा पाठ गर्नेहरुको घुँचो लाग्ने गर्दछ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )