कार्कीविरुद्धको अर्को मुद्दामा आज सर्वोच्चमा सुनुवाई


कृष्ण ज्ञवाली, काठमाडौं
lokman_singh_karki-5806c50f7753f2-23200462कार्तिक २५, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको अर्को मुद्दामा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । अख्तियार प्रमुख कार्कीमाथि न्यायिक निलम्बन र सम्पूर्ण सुविधा खोस्नुपर्ने माग राखी दायर निवेदनमा सुनुवाई हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । न्यायधीशहरु जगदीश शर्मा पौडेल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडाको पूर्ण इजलासमा कार्कीविरुद्धको मुद्दामा सुनुवाई हुनेछ ।

अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुख कार्कीको न्यायिक निलम्बन र उनको सेवा, सुविधा खोस्नुपर्ने अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए । अर्याल दर्ता गरेको निवेदनमा ८० जना कानुन व्यवसायीले ऐक्यबद्धता जनाएका छन् ।

यसअघि मंगलबार सर्वोच्चले अख्तियारका निलम्बित प्रमुख कार्कीलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । लोकमानविरुद्ध दायर पुनरावलोकन मुद्दामा सर्वोच्चको आदेशबमोजिम म्याद तामेल गर्न डर, धाक, धम्की दिएर इन्कार गरेको भन्दै दायर अर्को पुरक मुद्दाको फैसला गर्दै सर्वोच्चले कार्कीलाई सात दिनभित्र आफैँ उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

सुनुवाईपछि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कार्कीका नाममा जारी गरेको आदेशमा अदालतमा उपस्थित हुन नसक्नुको कारणसहित सात दिनभित्र उपस्थित हुन उल्लेख गरिएको छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )