सुरेश गुरुङ,कुबेत
नोभेम्बर ९ कुवेत। कुवेतलाइ कर्मथलो बनाउदै आएका नेपाल गोर्खा जिल्ला बारपाक गाबिस १ घर भई बिगत ३ बर्षदेखी कुवेतमा रहेका र दुबै मृगौला फेल भई हस्पिटलमा उपचार गराइ रहनु भएको सन्तबहादुर गुरुङ आज बेलुकी ८ बजे कतार एयरवेजको फ्लाईट नं. QR १०८९ द्वारा दोहा कतार हुँदै भोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमा अवतरण हुनेछ।
गुरुङ नेपाल बाट हटको सप्लाई कम्पनीमा आएका उनी कम्पनी छोडेर बाहिर निस्केर ईलिगल रुपमा कुवेतमा बस्दै आएका गुरुङ एक हप्ता देखी मुबारक अलकबिर अस्पताल जावरिया मा उपचार गराइ रहेको थिए। गुरुङ लाई लिन को लागि उहाँ को परिवार आमा र श्रीमती हिज नै काठमाडौ आइसकेका छन। पढ्नेक्रम जारी राख्नुहोस्