पार्टी कार्यालय कब्जा गरिरहेका माओवादी पूर्वलडाकू प्रहरीद्वारा गिरफ्तार


08112016102706maosi-1000x0कार्तिक २३, २०७३- प्रहरीले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वर कब्जामा लिएर बसेका पूर्वलडाकुलाई गिरफ्तार गरेकाे छ ।सरकार र पार्टीले आफूहरुलाई बेवास्ता गरेको भन्दै सोमबारदेखि माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएका करिब सयजना अयोग्य पूर्वलडाकुलाई प्रहरीले म‌ंगलबार बिहान गिरफ्तार गरेकाे हाे । नियन्त्रणमा लिइएका पूर्वलडाकूहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार, महेन्द्र पुलिस क्लब काठमाडौं, प्रहरी वृत्त टेकुमा राखिएकाे छ ।

आफूहरुलाई सयौंको संख्यामा आएका सुरक्षाकर्मीले गिरफ्तार गरेको पूर्वलडाकुका नेता लेनिन विष्टले बताए । प्रहरीले सयकाे हाराहारीमा गिरफ्तार गरेकाे बताए पनि उनले अाफ्ना ३ सय जना साथीहरु पक्राउ परेकाे कान्तिपुरसँग बताए । पूर्वलडाकुहरु सोमबार कलिला बालबच्चा र परिवारसहित माओवादी पार्टी कार्यालय प्रवेश गरेका थिए ।

उनले आफूहरुका सात बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन भने गरिरहने बताए । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी नेता र सुरक्षा अधिकृतलाई बोलाएर लडाकुको अवरोध हटाउन निर्देशन दिएका थिए ।

माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्ने बेला आफूहरुलाई अयोग्य ठहर गरिए पनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नगरिएको उनीहरुको आरोप छ ।

नेता विष्टले अहिलेसम्म आफूहरुलाई राज्यले कुनै सेवा, सुविधा नदिएको बताए । बहिर्गमित लडाकूहरुलाई तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । अयोग्य पूर्व लडाकूहरुले भट्टराईका पालामा भएका सात बुँदे माग सम्बोधन गर्न माग गरिरहेका छन् ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )