देउसी भैलोको पैसा मानबिय कार्यमा


कुबैत नेपालडटकम

14915148_1572985909383131_4837367498687077767_nहामी चाँड पर्वहरु धेरै मनाउने गर्दछौ, कतीलाई रमाइलो गर्ने बाहाना बन्छ पर्वहरु, धेरैले आफ्ना अभिभावकहरुबाट आशिर्वाद लिन्छन । कुवेतको साल्मिया सिटीमा बस्ने रिशा गुरुङ लगायत अन्य साथीहरुले पनि यसपालीको तिहारमा देउसी भैलो खेलेर रमाईलो गरे, केही दक्षिणा पनि जम्मा गरे । भोली पल्ट उनिहरुलाई लाग्यो रमाइलो त देउसी भैलो खेलेर नै गरियो अब यो उठेको रकमलाई खर्च गरेर फेरी पनि रमाइलो गर्नु हुन्न । यसै बिच भुकम्प पीडित गोर्खा बारपाकका सन्त बहादुर गुरुङ आफ्नो दुबै म्रीगौलाले काम गर्न छाडे पछी मुबारक अल कबिर हस्पिटलमा उपचार गराइ रहेको र घर जाने पहल भै रहेको उनिहरुले थाहा पाए ।

अब भने उनीहरुको ध्यान सन्त बहादुर तिर नै मोडियो । देउसी समुहमा सल्लाह गरे, घरबाट टाढा रहेका उनिहरुले यसपालीको दशै तिहारमा आफ्ना अभिभावकहरुबाट आशिर्वाद लिन पाएका थिएनन नै अब यिनैप्रदेशमा असाहाय बनेका सन्त बहादुरलाई सहयोग गरेर आशिर्वाद लिने निधो गरे र आज उनिहरु हस्पिटलमा आई सन्त बहादुरलाई भेटेर देउसी भैलो बाट उठेको रकम ३९ कुवेती दिनार ७५० फिल्स (झन्डै १४,००० हजार नेपाली रुपैया) सहयोग गरे । उनिहरु करीब एक घण्टा हस्पिटलमा सन्त बहादुर संगै बसेर मानबियता साटासाट गर्दै उन्लाई हौसला प्रदान गरे । बिरामी सन्त बहादुर सँग पुरानो चप्पल देखे पछी तुरुन्तै दोकान बाट नयाँ चप्पल पनी किनेर ल्याई दिए ।

तिहारमा देउसे भैलो खेलेर जम्मा भएको रकम दु:खी गरीबलाई प्रदान गरेर सहयोग गर्न पाएकोमा रिशा गुरुङ एवं उनका साथीहरु खुशी छन, भन्छन भाईटिकामा माइतीको सम्झना अब भने साच्चै पुरा भो ! स्वस्छ मन भएका उनिहरुलाई सन्त बहादुरको आशिष लागोस !

साभार : तमू समाज, कुवेत

Advertisements

2 responses to “देउसी भैलोको पैसा मानबिय कार्यमा

  1. नेपाली मन कहिल्यै कटोर नहुने प्रमाणीत गर्नु भएको छ

  2. कुवेतको एक घरमा कार्यरत नेपाली महिलाको उद्दार गरिएको छ । फेसबुकबाट ओखलढुंगाका रकसंचारकर्र्मा हरु संगसमस्यामा परें भन्दै सम्पर्कमा आएकि सिन्धुपाल्चोककी पुजा लामाको उद्दार गरिएको एनआरएनए कुवेतकी महिला प्रतिनिधी मधु बगरले बताउनु भयो ा

    नेपालबाट कम्पनिमा कामगर्ने भनेर एजेन्ट मार्फत खाडी मुलुक कुवेत पर्याईयकी पुजा लामा घरायसी कामदारका रुपमा गत फेब्रुवरी २१ मा कुबेतको ज्याखोर सिटी साददुल्लाको ब्लक न. १११ घर नं.६ को ईसारामा पुगेकी थिइन ।
    घर मालिकको अत्यचारमा परेकी पुजा ओखलढुगा स्थिीत रमाइलो सामुदायीक रेडियोका मनेज भट्टराइको सानो प्रयासका कारण एन आर एन कुवेतको सम्पर्कमा पुगेकी हुन ।

    आफ्नै दिदी सुनिता लामा मार्फत कुवेत पुगेकी पुजा लामा ले फेसवुक मार्फत ओखलढुंगाका संचारकर्मी मनोज भट्टराई , लिला सुनुवार प्रदिप जेरो संग नेपाल फर्काउन पहल गरीदिन आग्रह गरेपछि एन आर एन कुवेत सम्म समाज सेवी किसोर सनुवारले कतारबाट पहल गर्नुहएको थियो ।
    ओखलढुंगाका संचारकर्मीहरु संगको सम्पर्कमा आएको १० दिनमा पुजा नेपाली दुताबास कुवेत र एन आर एन कुवेतको सम्पर्कमा पुगेकी हुन् । पुजालाई एनआरएनए कुवेत र दूतावासका कर्मचारी तथा विभिन्न व्यक्तिको सहयोगमा कार्तीक २० गते कुवेत दूतावासमा पु¥याइएको छ ।
    पुजाको उद्दारका लागि ओखलढुंगाका संचारकर्मी मनोज भट्टराई , लिला सुनुवारले कतारमा कार्यरत किसोर सुनुवार र एन आर एनए कुवेतकी महिला प्रतिनिधी मधु बगर संग पुजाको सम्पर्क गराएका थिए भने कतारमा कार्यरत किसोर सुनुवार, एनआरएनए कुवेतका अध्यक्ष, अर्जुन तामाङ, मधु बगर र दूतावासका कर्मचारीले पहल गरेका थिए । उद्धार गरियपक पुजा लामा १ हप्तामा नेपाल आईपुग्ने एनआरएनए कुवेतकि महिला मधु बगरले जानकारी पदनु भयो ।

    बगरले खाडीमुलुकमा नेपाली महिलाहरुलाई झुक्याईने र घरायसी कामदारका रुपमा प्रयोग गरिने भयको कारण नबुझी नआउन समेत आग्रह गर्नु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )