याक्थुङ चुम्लुङ कुवेत ले शुभ कामना आदान-प्रदान साथै नाम्लिङ्गेक देउसी कार्यक्रम सम्पन्न


कुवेत नेपालडटकम

14914865_1127186017336846_1167041470_nनोभेम्बर ४- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो महान चाड बलिहाङ तङ्नाम एवं तिहारको शुभ कामना आदान-प्रदान साथै नाम्लिङ्गेक देउसी कार्यक्रम सम्पन्न गरेको छ।

हाम्रो संस्कृति हाम्रो पहिचान , हाम्रो धर्म हाम्रो शान” भन्ने मुल नारालाई आत्मसात गर्दै आफ्नो भाषा कला संकृति र पहिचानलाई जोगर्ना गर्दै अध्यक्ष दुर्गा चेम्जोङको अध्यक्षतामा कम्युनिटी हल जिलिवमा सम्पन्न गरेको छ ! कार्यक्रम राष्टिय गित पछि किरात लिपि आविस्कार श्रीजङगा हाङ,राष्टिय विभूति महागुरु फागुनन्द लिङदेन, भाषा विद तथा इतिहासकार इमानसिं चेम्जोङको नाममा एक मिनेट मनधारण गरिएको थियो ! कुवेतको नेपाली समाजमा राम्रो नाम राख्दै नेपालीहरुको मन जित्न सफल भएको जातिय संस्था किरात याक्थुङ चुम्लुङले प्रतेक साल लारिङ्गेक नाम्लिङ्गेक देउसी भैलो घरघर गएर खेल्ने गरेको यस पालि भने सामुहिक रुपमा नाम्लिङ्गेक देउसी खेल्दै शुभ कामना आदान-प्रदान कार्यक्रम गरेको हो ! कार्यक्रममा लिम्बु गैर लिम्बुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायिका मुमा राइ, गायक राज लिम्बु गायक एम वि सावाँ लिम्बुले मिठो गित गाएर सबैलाई नचाएर भने दिक्क्षा लिम्बुले नाचेर सबैलाई मनोरंजन दिएका थिए ।14961480_1127186580670123_2059020125_n

च्याब्रुङ ढोल नाच बाट रु भएको लिम्बु नाचहरु च्याब्रुङ नाच,माङलाङ नाच,पालम हाक्पारे धान नाचहरु लिएर विविध सांगीतिक प्रस्तुतिहरुका साथ सम्पन्न भएको कार्यक्रम सचिव अनुभव खजुमले संचालन गरेको थियो ! कार्यक्रममा प्रमुख अथिति पूर्ण प्रसाद चेम्जोङ् विशिस्ट अथितीमा दिल स्याङबो रहनु भएको थियो ! स्वागत मन्तब्य उपाध्यक्ष बल बहादुर काम्बाङले गर्नुभएको थियो भने उपाध्यक्ष नरेन्द्र थाम्सुहाङ्ले बलिहाङ तङ्नाम,नाम्लिङ्गेक र देउसीको बारेमा प्रस्ट पार्नु भएको थियो !14936992_1127186054003509_515582586_n14936962_1127186147336833_295585245_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )