आङ्काजी शेर्पाले धुर्मुस सुन्तली निर्मित गिरानचौर बस्तिको बिरोध गर्नुको कुनै औचित्य छैन।


कर्ण बहादुर अधिकारी।

14886231_1169090053171962_1433850556_nसंघीय समाज बादी पार्टी एवं जनजाति नेता आङकाजी शेर्पाले धुर्मुस सुन्तली फाउण्डेशनले गिरान्चौरमा बनाएको नमुना बस्तिका ’boutमा आपत्ति जनाई बिरोधाभाष पूर्ण किसिमको अभिब्यक्ति सामाजिक संजालहरूमा दिएको हुँदा यो मेरो मन स्थिर रहन सकेन र यीनका ’boutमा कलम चलाउने जमर्को गर्नुका साथै केहि भावनाहरू ब्यक्त गर्न सामाजिक संजालको सहारा लिदै छु लेखाईको क्रममा केहि कमी कम्जोरी भएमा माफ गर्नु होला। आदिबासी जनजातिको पगरी गुथेर नेपालको राजनितिमा छुट्टै किसिमको पहिचान स्थापना गर्न खोज्ने शेर्पा प्राय नेपालमा हुने कार्यक्रमहरूमा यिनले गर्ने भाषणहरूमा सधै भरी बिबाद नै सृजना भई रहेको हुन्छ।क्षेत्री बाहुँनहरूलाई टाढैबाट देख्न नरूचाउने शेर्पा एमाले पार्टीले कार्बाही गरे पछि संघीय समाजबादी पार्टीमा लागि राजनिति गरी रहेका छन।

यिनको दिमागमा सधै भरी अरूले गरेका कार्यहरू माथि प्रश्न बाचक चिन्ह खडा गर्दै नराम्रा टिका टिप्पणी गर्नु नै दिनचर्या हो।अझै क्षेत्री बाहुँन भने पछि त यिनलाई १०४ डिग्रीको ज्वरो आउँछ।जति खेर पनि भन्छन बाहुँन बादले राष्ट्र खायो।अब केहि गर्नु पर्छ आदिबासी जनजाति एक जुट हुनु पर्छ भनि रहन्छन।यिनको दिमाखमा त्यहि जातीयताको कुराहरू मात्र घुमि रहेको छ।जति खेर पनि बिद्रोहको धम्कि दिई रहन्छन।मैले यिनको सबै अन्तरबार्ता हेरेको छु।यस्ता ब्यक्तित्वलाई हामीले नेता मान्नु चयन गर्नु नै गलत थियो वा गलत हो।शेर्पाले जातियताको बिषयमा बिबादस्पद कुराहरू गर्ने देखि लिएर धर्म,संस्कृति रीति रीवाज प्रति नै प्रश्न बाचक चिन्ह खडा गरी जनता भड्काउने कार्यमा तल्लिन छन।यिनका बिगतलाई हेर्दै बर्तमानमा यिनले बोलेका ताजा कुरालाई उजगार गर्न गई रहेको छु। धुर्मुस सुन्तली फाउण्डेशनले गिरान्चौरमा भुकम्प पीडितहरूलाई बनाई दिएको नमुना बस्ति र हस्तान्तरण गरेको बिषयमा केन्द्रित भएर सामाजिक संजालहरूमा दिएको नकरात्मक अभिब्यक्तिले यिनी फेरी एक पटक चर्चामा छन।यिनलाई थाहा हुनु पर्ने हो धुर्मुस सुन्तली को हुन भनेर ।

सामाजिक सेवामा लागेर भूकम्प पिडीत जनताको सेवा गर्ने सर्बसाधरण जनताले गरेको कार्य प्रति नै प्रश्न बाचक चिन्ह उठाउने यिनको हैसियत के? नेताको पगरी गुथेका यिनीबाट जनताले अहिले सम्म कुन किसिमको सुबिधा पाए त ?धर्मुस सुन्तलीले निर्माण गरेको ६५ वटा भबनमा भैसी बाख्रा बाध्न नमिल्ने र साग सब्जी रोप्न पनि नमिल्ने गरी बनाएकोले यसलाई मिडियाबाजी गर्नुको कुनै तुक छैन र जनजातिले करोडौ रूपैया र श्रमदान गरेर निर्माण गरेको गुम्बाहरूको ’boutमा चर्चा नहुनु दुखद भन्दै स्टाटस राखेका थिए। आज देशमा भुकम्प गएको पनि १८ महिना बिति सकेको छ भने लाखौ जनता अझै पनि पाल मुनि नै छन।यिनलाई यो कुरा पनि ज्ञान हुनु पर्ने हो सरकारले अहिले सम्म जनताको लागि राहत दिन नसकेको अबस्थामा सर्बसाधरण जनता धुर्मुस सुन्तलीले कसरी ६५ वटा भवन निर्माण गरी पीडितलाई हस्तान्तरण गर्न सफल भए भन्ने तिर नगएर उल्टो नीच सोचले स्टाटस राख्नु यिनको हैसियतले मिल्ला त ? तपाईले धुर्मुस सुन्तलीले निर्माण गरेको गिरान्चौर नमुना बस्ति माथि औला ठड्याउने कुनै अधिकार छैन।

धुर्मुस सुन्तलीको यो कार्यमा लाखौ लाख स्वदेश तथा बिदेशमा रहेको नेपालीहरूको अनुदान रहेको छ हामीले यस्ता कार्यलाई सपोर्ट गर्नु पर्छ।त्यसैले नेता जी भन्नु भन्दा पहिला तपाईले काम गरेर देखाउनु होस ओठे बचन लगाएर हुने वाला केहि छैन।सधै भरी जातियताको बिषयमा मात्र केन्द्रित हुने तपाईको मन मष्तिष्कलाई परिवर्तन गराउनु होस।२१ औं शताब्दिमा पनि जात भातको कुरा गरी राष्ट्र र जनतालाई बिखण्डनको मार्ग तिर धकेल्न खोज्नु हुने तपाई एक नेता नभई राष्ट्र घाति, बिखण्डनकारी ब्यक्ति हो भन्दा फरक पर्ने छैन।तपाई जस्तो नेताबाट जनताले के आशा राख्नु नेता ज्यू।त्यसैले समयमा नै सोच्नु होस अझै केहि गर्न बाँकी छ।हामी सबै नेपाली हौ र हाम्रो देश नेपाल हो भन्ने कुराको तपाईलाई हेक्का रहोस।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )