रकम राई
अन्धियारो मा परे भने जुन बनी आउनु तिमी
दोबाटो मा अन्योल परे कता जाने भन्नुतिमी
मेरै मनको वरिपरि छाइरहनु है माया
जुनि जुनि सातै जुनि साथै रहनु है माया
माया तिम्रो गासेको छु फुलको माला गासे सरि
नचुडिने नतोडिने अजमबरी माया सरि
लाग्छ मलाइ हाम्रो माया ओइलिएर झर्नेछैन
टुकरिएर हाम्रो नाता अलग अलग हुने छैन
मेरो मुटुको ढुक्कढुकि हरुमा तिमै स्पन्दन चल्छ माया
मेरो आखाको नानि भित्र तिम्रै तस्बिर बन्छ माया
मेरो सपना मेरो बिपना सबै सबै लाग्छ तिमी
तिमि नै हो जिन्दगानी मेरो शुन्दर सन्सार पनि!!
Monthly Archives: नोभेम्बर 2016
गीत
Posted in मनोरन्जन
खेलाडी सवार ६ ठूला विमान दुर्घटना, जसमा सकियो टिम
काठमाडौं । ब्राजिलको स्थानीय फुटबल टिम बोकेको विमान कोलम्बियाको मेडलिनमा दुर्घटनाग्रस्त हुँदा ७६ खेलाडीको ज्यान गएको छ । विमानमा ८१ जना सवार थिए जसमध्ये ५ जना बाच्न सफल भएका छन् । उक्त विमानमा चापाकोएन्सी टिमका फुटबल खेलाडी साउथ अमेरिका कप इन्टरनेशनलको फाइनल खेल्न जाँदै थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
संविधान संशोधन विधेयक दर्ता विरुद्ध बुटवलमा विरोध प्रदर्शन, यातायात ठप्प
अमृता अनमोल, बुटवल
मंसिर १५, २०७३- ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेत नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला आगामी डिसेम्बर ९ तारिक
कुवेत नेपालडटकम
प्रवासी नेपाली मजदुरहरुको हकहितमा सदैब आफ्नो आवाज बुलन्द गर्दै आइरहेको सम्पूर्ण प्रबासी नेपालीहरु एक हौं” भन्ने नाराका साथ सन २०१४ मा कुवेतमा भात्रृ संगठन स्थापना गरिएको कुवेत नेपाली एकता समाज ले प्रथम राष्ट्रिय भेला आगामी डिसेम्बर ९ तारिक शुक्रबार गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
संविधान संशोधनको विषयमा कांग्रेसभित्रै किचलो
कुलचन्द्र न्यौपाने, काठमाडौं
मंसिर १४, २०७३- प्रदेशको सीमा फेरबदल गर्ने गरी सरकारले ल्याउन लागेको संविधान संशोधनको विषयलाई लिएर सत्तारूढ कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । प्रदेश नम्बर ५ लाई विभाजन गर्ने विषयले स्थानीय तहसम्मै ठूलो विवाद हुने र त्यसले पार्टीलाई घाटा पुर्याउने भन्दै नेताहरूले अझै गम्भीर भएर सोच्न नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लुम्बिनी समाज नेपाल कुवेतद्वारा गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
कुबेत नेपालडटकम
आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेयो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार