झापाली समाज कुवेत द्वारा दोस्रो चरणको राहत स्वरूप आर्थिक सहयोग बाग्लुंगको बिध्यालयलाई हस्तान्तरण


कुवेत नेपालडटकम

14639612_1103489909758533_8997192965456793099_n२९ अक्टुबर २०१६ कुवेत, झापाली समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा मुलुक रोइरहेको अवस्थामा आवस्यकता अनुसार सकृय रुपमा यथा सक्दो हरेक किसिमको सहयोग गर्दैनै आइरहेको छ। झापाली समाजको नाम राखेर कुवेतमा कार्यरत झापालीहरु समाज शेवामा लागी परेपनी व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर नेपालको ७५ वटै जिल्लामा सहयोग गर्ने लक्ष्य राखेका छन्।
२०७३ श्रवणको बर्षात संगैको बाडी पहिरोले देशको बिभिन्न ठाँउहरुमा निक्कैनै ठुलो असर पुर्यायो धेरैको गाँस,बास र कपास मात्र हैन धेरै परिवारलाई पारिवारिक शोकमा समेत डुबायो। यस्तो दु:खित र शोकमय अवस्थामा देश परदेशमा रहेका हरेक संघ संस्थाले आफ्नो स्थानबाट उद्धार,स्वस्थ उपचार,आपतकालीन एबम् दिर्घकालिन सहयोग गरी रहदा झापाली समाज कुवेतले पनी सक्रियताका साथ राहत संकलन कार्यमा तिब्ररुपमा अघी बड्यो।

14877823_683651648463967_1388067692_nप्रबासमा रहेका संघ संस्था देखी लिएर धेरै व्यक्तित्वहरुको मानसपटलले यतिनै मात्र सोच्न सक्योकी झापाली समाज कुवेतले झापालाई सहयोग गर्न राहत उठाएको हामी अरुनै जिल्ला वासीले किन दिने भन्ने खालको सोचाई राखे भने कतिले मानवताको धर्म निभाउन राहत संकलनमा साथ दिनुभयो। कमजोर मनिसिकता र गलत मनसायको बावजुत पनी केही रकम संकलन गर्न सफल झापाली समाजले गलत भ्रमहरुलाई तोड्दै मिति २०७३ साल आश्विन २९ गते शनिवार गुल्मी जिल्लाको अती बिकट गा.बि.श. दर्लिंगंका बिभिन्न वडाका बाडी पहिरो पिडित ४७ घर परिवारलाई शितलताको निम्ती आलो घाउमा मल्हम स्वरुप राहत वितरणको समापन संगै तुरुन्तै दोस्रो चरणको राहत कार्यक्रम कुनै ब्यक्ती अथवा परिवारलाई लक्षित नगरी ठुलो समुदाय अथवा सिंगो समाजले शिक्षा हासिल गर्ने ठाँउलाई लक्षित गरेर बाग्लुंग जिल्लाको अती बिकट दुर्गम गाउँ तल्लो बेड्रीमा भएको प्रकृति बिपत्तिलाई मध्यनजर गर्दै देबीस्थान गा.वि.स. वडा नं.७ बेङ्रीखोलामा अवस्थित श्री शिब शक्ती प्रा.बि.लाई बाडी पहिरोको प्रकोपले जिर्ण बनाएको बिध्यालय भवनलाई मर्मत संहार गरी बालबालिकाको भबिष्य सुनिस्चित गर्न राहत सहयोग स्वरूप रु.५०,०००\- (अक्षरुपी पचास हजार रुपैया) प्रदान गर्यो।

14872513_683651468463985_1996387093_nराहत सहयोग वितरणको निम्ती झापाली समाज कुवेतको तर्फबाट अध्यक्ष काशी लामाको आग्रहमा प्रतिनिधित्व सम्हाल्दै सोही ठाउँ निबासी लामो समय देखि कुवेत लाई कर्मथलो बनाउदै आउनु हुने समाज सेवी श्री राम बहादुर बस्नेत ज्युको नेतृत्व र कुवेतको नेपाली समाजमा चिर परिचित नाम समाजसेवी,प्रबासी नेपाली मञ्च कुवैतका उपाध्यक्ष श्री युबराज गैरे ज्युको प्रमुख आथित्यमा बिध्यालय ब्यबस्थान समिति अध्यक्ष श्री तुल बहादुर कुँवर, प्र.अ.श्रीमती लेखा कुमारी घर्ती शिक्षकहरु साथै विभिन्न दलका राजनीतिक व्यक्तित्व, बिषिष्ट व्यक्तित्व साथै बिध्यार्थी भाइबहिनी लगायत स्थानियबासी र अभिभावकहरुको बाक्लो उपस्तिथि भएको कार्यक्रममा झापाली समाज कुवेतले पठाएको सुभकामना पत्र पढेर सुनाइए संगै झापाली समाज कुवेतलाई बिशेष धन्यबाद ज्ञापान गर्दै राहत सहयोग वितरण कार्यक्रम सम्पन्न भएको थियो।
झापाली समाज कुवेत नेपाल को अध्यक्ष काशी लामा बाडी पहिरो पिडित अभियनको समयोजक काशी लामा सचिव प्रेम कार्की3241

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )