प्युठानका पहिरो पिडितलाई एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतले राहत वितरण गर्यो


कोशराज राई,कुवेत

1477726414piuthanअक्टोबर २९, कुवेत। प्युठानमा गत साउन १० र ११ मा परेको अबिरल बर्षाका कारण गएको बाढी, पहिरो पीडितहरुलाई गैर आवासीय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद कुवेतले संकलन गरेको राहत सम्बन्धित ठाउँमै पुगि वितरण गरेको छ।

खुङ गाबिसको ठूलाबेसीमा शुक्रबार राहत वितरण कार्यक्रमको आयोजना गरी जिल्लाको अर्खा, रजवरा, पुजा, लिवाङ, खुङ र नारीकोट गाबिसका ८४ परिवारलाई ४ लाख २० हजार रुपैयाँ राहत एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य सुजन केसीले स्थानिय प्रशासन, राजनितिक दलहरुको रोहबरमा वितरण गरेका हुन्।

बाढी पहिरो पीडितहरुलाई सान्तवना दिन वैदेशिक रोजगारीको लागि कुवेत पुगेका नेपालीहरुबाट संकलित रकम सम्बन्धित ठाउँमै पुगेर तिहार खर्च स्वरुप राहत बितरण गरिएको राहत बितरणमा गएका आईसीसी सदस्य सुजन केसीले बताएका छन्।

1477726485piuthsanसन्चार माध्यमहरुमा समाचार आएपछि उनिहरुको सहयोगको लागि एनसीसी कुवेतले कुवेतमा कार्यरत नेपाली तथा विदेशी कामदारहरु समेतबाट राहत संलन गरेको थियो।

आर्थिक सहयोगले थोरै भएपनि राहत मिलेको छ। अर्खाका बले सुनारलाई उधृत गर्दै नागरिक दैनिकले समाचार छापेको छ। उनले थपे भूकम्प पीडितहरुलाई जस्तै बाढी पीडितहरुलाई पनि सरकारले राहत दिनु पर्छ। पहिरोले घर भत्काए पछि गोठमा वास बस्न बाध्य भएको समेत दुखेसो पोखेका छन्।

प्यूठानमा गत साउन १० र ११ मा परेको भूषण बर्षाका कारण गएको पहिरोमा ५ वटा गाबिसका ५६ जनाको ज्यान गएको, ८४ परिवार पूर्णरुपमा बिस्थापित, झण्डै ३ सय घर पूर्ण रुपमा, ८ सय घर उच्च जोखिम र ७ सय घर आंशिक जोखिममा रहेका दैवि प्रकोप उद्दार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारीलाई उधृत गर्दै नागरिक दैनिकले समाचार छापेको छ।

1477726509piuthan2गैर आवासीय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद कुवेतले बाढी पहिरो पीडितहरुका लागि संकलित ६ लाख २० हजार मध्ये बाँकी रहेको २ लाख रुपैयाँ केही दिन भित्रै निर्णय गरी पीडितहरुलाई वितरण गर्ने परिषदका महासचिव अमित राईले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन्।

परिषदका अध्यक्ष अर्जुन तामाङले अभियान सफल भएकोमा खुशी व्यक्त गर्दै अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी, सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघसंस्थाहरु, सहयोगी व्यक्तिहरु, सहयोग संकलनकर्ताहरु, संचार माध्यमहरु, पीडितहरु समक्ष राहत वितरणमा सहयोग गर्नुहुने स्थानिय प्रशासन, स्थानिय राजनितिक दल र वितरणको निम्ति सम्बन्धित ठाउँमै पुगेर सहयोग गर्नुहुने आईसीसी सदस्य सुजन केसी लगायतलाई धन्यवाद ज्ञापन गरेका छन्।

Sorch: परदेशी खबरडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )