धावनमार्गमा मरेको चरा भेटिएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द


सफाई गर्ने गाडीका चालक नहुँदा धेरैबेर विमानस्थल बन्द •पाइलटहरु आक्रोसित
सुरज कुँवर, काठमाडौं
कार्तिक १०, २०७३- धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द भएको छ । मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो ।
प्रवक्ता ठाकुरका अनुसार कुन जहाजमा चरा ठोक्किएको खुल्न सकेको छैन । ‘तीनवटा इन्टरनेसनल र बिहान उडान भरेका डोमेस्टिक जहाजलाई सोध्यौं,’ उनले कान्तिपुसित भने, ‘तर उनीहरुले आफ्नो जहाजमा नठोक्किएको जवाफ दिएका छन् ।’

विमानस्थल बन्द गरिएसँगै डोमेस्टिक र इन्टरनेसनल उडानहरु डाइभर्ट गरिएको थियो ।

रन–वेबाट चरा निकाल्न नै डेढ घण्टा विमानस्थल बन्द गरिएको भन्दै पाइलटहरु आक्रोसित भएका छन् ।

विमानस्थल स्रोतका अनुसार एयरसाइड भेइकल (विमानस्थल सफा गर्ने गाडी)का चालक नहुँदा सफाईमा ढिला भएको थियो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )