महाअभियोगमाथिको छलफल आजबाट


samsad९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आजबाट छलफल हुँदै छ । मंगलबार अपराहृन ३ बजे बोलाइएको बैठकमा प्रस्तावकले प्रस्ताव टेबुल गर्नेछन् भने उनले महाअभियोग प्रताव दर्ता गर्नुको कारणबारे आफ्नो मन्तव्य दिनेछन् ।

त्यसपछि महाअभियोग प्रस्तावका समर्थकलाई बोल्न दिइनेछ । त्यसपछि महाअभियोगको प्रस्तावमा छलफल सुरु हुनेछ ।
छलफलमा महाअभियोगको प्रस्तावमा सैद्धान्तिक छलफल भएका प्रत्येक सदस्यलाई समय दिइनेछ भने दलीय आधारमा बेल्ने भएमा त्यसमा दलको हैसियतबमोजिम समय तोकिनेछ ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ, जुन हालै गठन भएको छ ।

यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।

गत बुधबार एमाले र माओवादीका १ सय ५७ सांसको हस्ताक्षरबाट संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )