Daily Archives: 24/10/2016

नेपाली सोसाइटी नार्भीकले शुभ-दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।


देबेन्द्र केसी नर्वे।
14803092_1162196610527973_245230393_oनर्वेको नार्भीक स्थित अार्टीक युनीभर्सिटी हलमा नेपाली कला संस्कृति,परम्परा र पहिचान प्रबाशमा पनि हामी नेपालीहरूले संरक्षण गर्नु पर्छ भन्ने मनस्थितिले बिभिन्न कार्यक्रमको आयोजना गरी भब्यताको साथ सम्पन्न भएको छ।नेपाली सोसाइटी नार्भीक सन २०१२ मा देवेन्द्र के सी को पहलमा स्थापना भएको हो पढ्नेक्रम जारी राख्नुहोस्

आमाको काख प्यारो कि कोरियाको लाख ?


सुरेेश हमाल, suresh-hamal

भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ त मूल मन्त्र नै बन्यो । उनी नै मेरो आदर्श बने । वारेन बफेट, अम्बानी हुँदै विनोद चौधरीसम्मका सफलताका सूत्र खोजियो । कसरी धनी बन्ने ? कसरी करोडपति बन्ने ? कसरी सफल बन्ने ?  यस्तै-यस्तै किताबको चाङ नै लगाएर पढियो ।

निष्कर्ष निकलियो, धनी बन्न जागिर होइन, व्यवसाय गर्नुपर्छ ।इमेल, इन्टरनेट सेवादेखि फोटो, भिडियो खिच्नेसम्मका व्यापार गरियो । फेरि कृषिप्रधान देशमा त कृषि नै गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनदेखि खसीपालनसम्म गरियो । तराईका जर्सी गाई पहाड भित्र्याउनुका साथै भारतका होलिस्टेन गाई काठमाडौं ल्याएर दूध पनि बेचियो । तर, सफलता भन्ने कुरा पुस्तकमा पढे जस्तो सजिलो नहुने रहेछ । सबै व्यवसाय केटाकेटीमा बनाएको खोयाका घर जस्तै भयो । त्यसपछि करोडतिरको होइन, पढ्नेक्रम जारी राख्नुहोस्

श्रम सम्झौता गर्न कुवेतलाई प्रस्ताव


होम कार्की
23102016064726kuwait___-1000x0कार्तिक ७, २०७३- नेपालले कुवेतलाई श्रम सम्झौता गरी कामदार लान प्रस्ताव राखेको छ । कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले कुवेतको विदेशी कामदार ल्याउने निकाय मानव संसाधन प्राधिकरणका महानिर्देशक अब्दुल्लाह एस, अल—मोटौटहलाई भेटेर उक्त प्रस्ताव राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

काग्रेंसले कलाकारीताको सम्मान गर्यो र काग्रेसमा लागे भन्छन् हांस्यकलाकार कमल बस्याल।


कर्ण बहादुर अधिकारी।
14801188_1159873870760247_159670273_nपछिल्लो समयमा थुप्रै जिल्लामा हांस्यकलाकार भनेर चिनिएका छन् कमल बस्याल।स्याङ्जा जिल्लामा जन्मिएका कमल कहिले मकैभुटेर कहिले चटपटे बा भनेर चिनिएका कमलको आफ्नो कलाकारीतालाई सफलता मार्ग तिर उन्मुख गराउनका लागि नेपाली काग्रेसको ठुलो हात रहेको बताएका छन्।कुनै पार्टीलाई आफ्नो भन्दैनथे कमल तर उनी नेपाली काग्रेसको काम, माया र सदभाब देखे पछि उतै तिर आकर्षित भए भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड


कृष्ण आचार्य, काठमाडौं
24102016081418editorial-cartoonकार्तिक ८, २०७३- संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनविपरीत दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको पत्तो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्