अस्ट्रेलियन क्लवमा छानिए दुई नेपाली युवा


नारायण खड्का, अस्ट्रेलिया
23102016103554cricket-1000x0कार्तिक ७, २०७३- दुई नेपाली युवा क्रिकेट खेलाडी अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लबमा छनौट भएका छन् । सिड्नीमा रहेको सिड्नी थण्डर क्रिकेट क्लवको अलस्टार टिममा नेपाली युवाहरु हेमन्त आचार्य र कीर्तन ताम्राकार छनौट भएका हुन् । सिड्नी थण्डर अस्ट्रेलियाको ए डिभिजनको राम्रो टिम मानिन्छ । प्रत्येक वर्ष विदेशबाट आएका क्रिकेटरहरुलाई अवसर दिदै आएको क्लवले यसवर्ष विभिन्न देशहरुबाट गरेको छनौटमा दुई नेपाली युवाले पनि छनौट हुने अवसर पाएका हुन् । केही दिनअघि आयोजना गरिएको पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान र फिजीका खेलाडीहरु सम्मिलित खेलबाट १६ जनाको अलस्टार टिमको छनौट गरिएको हो । जसमा उनीहरु समेत अटाएका हुन् ।

‘नेपाली युवा भएर अस्ट्रेलियाको प्रतिष्ठित क्लबको प्रारम्भिक छनौटमा पर्नु हाम्रो लागि सुनौलो अवसर हो । छनौटमा परेका खेलाडी हेमन्त आचार्यले कान्तिपुरसँग भने, ‘यसले राम्रो खेल्यो भने विदेशमा पनि भविश्य छ भन्ने प्रमाणित गरिदिएको छ ।’ उनीहरुको यो छनौटले उनीहरुलाई सिधै क्लवमा भने पुरयाउँदैन् । ‘यो प्रारम्भिक छनौट हो,’ अर्का खेलाडी कीर्तन ताम्राकारले भने, ‘अहिले छािनएको १६ जनाको टिमले बिभिन्न अन्य टिमहरुसँग खेल खेलेपछि त्यसको आधारमा क्लवको ‘बी’ डिभिजनमा सम्झौता गरेर खेल्ने अवसर प्राप्त हुन्छ ।’ तरपनि क्लवको नजरमा परेर छनौट हुनु नै हाम्रो लागि राम्रो अवसर हो ।

सिड्नी थण्डर क्लबको अलस्टार टिममा छानिएका आचार्यले भैरहवाबाट क्षेत्रीयस्तरको विभिन्न प्रतियोगितामा सहभागिता भइसकेका हुन् भने ताम्राकारले ललितपुरबाट जिल्लास्तरको विभिन्न खेलहरु खेलिसकेका छन् ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.