Daily Archives: 23/10/2016

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश, मंगलबारदेखि छलफल हुने


नरेन्द्र साउद
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने भएको छ। आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मंगलबार दिउँसो ३ बजेका लागि समय निर्धारण गरेकी हुन्।
संसद बैठकको सुरुमै सभामुख घर्तीले कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएको सूचना पढेर सुनाएकी थिइन्। त्यसपछि सभामुखले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गरिएको जानकारी दिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

अस्ट्रेलियन क्लवमा छानिए दुई नेपाली युवा


नारायण खड्का, अस्ट्रेलिया
23102016103554cricket-1000x0कार्तिक ७, २०७३- दुई नेपाली युवा क्रिकेट खेलाडी अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लबमा छनौट भएका छन् । सिड्नीमा रहेको सिड्नी थण्डर क्रिकेट क्लवको अलस्टार टिममा नेपाली युवाहरु हेमन्त आचार्य र कीर्तन ताम्राकार छनौट भएका हुन् । सिड्नी थण्डर अस्ट्रेलियाको ए डिभिजनको राम्रो टिम मानिन्छ । प्रत्येक वर्ष विदेशबाट आएका क्रिकेटरहरुलाई अवसर दिदै आएको क्लवले यसवर्ष विभिन्न देशहरुबाट गरेको छनौटमा दुई नेपाली युवाले पनि छनौट हुने अवसर पाएका हुन् । केही दिनअघि आयोजना गरिएको पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान र फिजीका खेलाडीहरु सम्मिलित खेलबाट १६ जनाको अलस्टार टिमको छनौट गरिएको हो । जसमा उनीहरु समेत अटाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्