आदीवासी जनजाती महासंघ, कुवेत प्रथम ऐतिहासिक अधिवेशनको तैयारीमा जुट्यो।


कोशराज राई/ कुबेत

14805556_1284635481567097_1632050656_n२२, कुवेत। “पहिचान र अधिकार सहितको संघियतामा आदिवासी जनजातीहरूको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ आदिवासी जनजाती महासंघ, कुवेत आगमी नोभेम्बर २५ मा आयोजना हुने आफ्नो प्रथम ऐतिहासिक अधिवेशनको तैयारीमा जुटेको छ। महासंघ तदर्थ समितिका उपाध्यक्ष रमेश राईको अध्यक्षतामा हिजो फर्वानिया स्थित सनराईज नेपाली रेष्टुरेण्टमा सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै अधिवेशनको तैयारीमा तिब्र गतिमा जुट्ने निर्णय गरेको हो।

बैठकले कार्यक्रमको हलको लागि वेडिङ हल जिलिबलाई छनौट गरेको र प्रथम ऐतिहासिक अधिवेशनमा बिभिन्न जातीय झाँकीहरु प्रदर्शन गर्ने निर्णय पनि गरेको छ। यसैगरी अधिवेसनको तैयारीका लागि बिभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ। दुई बर्ष अगाडी राजेन्द्र तामाङको संयोजकत्वमा गठित जनजाती महासंघले प्रथम ऐतिहासिक अधिवेशन गर्ने तैयारीमा जुटेको हो। प्रथम ऐतिहासिक अधिवेशनको तैयारीका लागि रमेश किराती संयोजक र मधुमाया मगर उप संयोजक तोकेको छ। यसैगरी सास्कृतिक, आर्थिक, प्रचार प्रसार, डिजाईन लगायतका जिम्मेवारी पनि बाँडफाँड गरेको छ। कार्यक्रमको लागि ब्यानर, ब्याज लगायतका आवश्यक सम्पूर्ण डिजाईन हरि लावतीले गर्ने छन्।

कार्यक्रम हुने,
मिति : २५ नोभेम्बर, २०१६
स्थान : वेडिङ हल जिलिब
समय : मध्यान्ह १२ बजे

सम्पर्क व्यक्तिहरु:
रमेश राई 65113107
मधुमाया मगर 60423922
मनु मगर 69333883
बसन्त थापा मगर 50343993
अमृत तामाङ 65803200
दिलकुमार पाख्रीन 6773 3067
अमित राई 50155083
राजु गुरुङ 69614994
कृष्ण सिंतान 50123941
युग लामा 66036384
केदार आलेमगर 65178361
राजकुमार राई 60754438
मन्जित राई 96964436
हर्कबहादुर मोक्तान तामाङ 60054778
नैनकला राई 96020596
दुर्गा चेम्जोङ 60026619
कोशराज राई 66617715
नवीन लोप्चन 97261563

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )