सुरेश गुरुङ,कुबेत
२१अक्टोबर २०१६ कुवेत चितवन सेवा समाज कुबेत द्वारा आयोजित बिजया दशमी तथा शुभदिपावली को शुभकामना आदानप्रदान तथा दिवा भोज” कार्यक्रम आज कुवेतको फर्वानिया स्थित अल हाइथम रेस्टुरेन्ट सम्पन्न भयो।
आफ्नो टोल बने गाउँ बन्छ,गाउँ बने जिल्ला बन्छ जिल्ला बने देश ले नै काचुली फेर्न सक्छ भन्ने नार लाई लिएर स्थापना भएको संस्था चितवन समाज कुवेत ले कुबेत मा कृयाशिल संग संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको संस्था चितवन सेवा समाज कुबेत
उक्त कार्यक्रममा अध्यक्ष्य नबिन लोप्चन को सभापतित्व रहेको थियो भने नेपाली राजदूतावासका दित्तिय सचिव अम्विका जोशी प्रमुख आथित्यता रहेको थियो। विशेष अतिथी नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिंदेन, लगायत बिभिन्न सँघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।
किरात राई यायोख्खा, कुवेत अध्यक्ष रमेश किराती ‘चट्याङ’ले कार्यक्रम सन्चालन गरे को थिए, भने समाजका सल्लहाकार बसन्त थापा मगर,ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावासका दित्तिय सचिवद्वय अम्बिका जोशी, दित्तिय सचिव, भोगेन्द्र लिंदेन, खोटाङ कुबेत संपर्क मञ्च,अध्यक्ष मन्जित राई, कोसेली छापा पत्रिकाका प्रधानसम्पादक,पत्रकार नवराज पन्थी, विश्व नेपाली साहित्य, समाज अध्यक्ष अमित राई, एन आर एन ए, कुवेत कुवैतको महिला प्रमुख मधु बगर मगर,तमाङ घेदुङ कुवेत अध्यक्ष, अमृत तमाङ, मध्य पश्चिम सेवा समाज, कुवेत को अध्यक्ष गणेश रावत, परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक पत्रकार कोशराज राई, समाज सेवी भाई केदार आले मगर, ले बिजय दशमी तथा शुभ दीपावली को हार्दिक मंगलमय शुभ कामना एवं कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार डिबि लोप्चनको ममतामयी माताको आमा साइली लोप्चनको नाममा एक मिनेट मौनधारण पनि गरिएको थियो। चितवन सेवा समाज कुवेतद्वारा आयोजना गरिएको बिजय दशमी तथा शुभ दीपावलीको शुभ कामना आदानप्रदान एवं दिवा भोज कार्यक्रम २०७३को आयोजना कार्यक्रम लाई अझ सुगन्ध भर्ने कलाकार भाई बहिनी हरु बाट तिहार को गीत बाट मौलिकता झल्काउने खालका नृत्य बाट कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो। भने योगदान दिने संस्थाकै सदस्यहरुलाई प्रमाणपत्र र खदा ओढाएर सम्मान गरिएको थियो।
अन्त्यमा सभापतित्व गर्नु भएको अध्यक्ष नबिन लोप्चन ले कार्यक्रम बोल्दै
कार्यक्रम लाई सफल पार्न को निमित्त आर्थिक, नैतिक, भौतिक हरेक तवरले सहयोग गर्नु हुने चितवन सेवा समाज परीवार लगयात कुबेत मा कृयाशिल नेपाली सम्पूर्ण संघ, संस्था र व्यक्ति बिशेषलाई धन्यवाद ज्ञापन व्यक्त गरेको थियो । भने अन्त्यमा कार्यक्रम मा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई सेल रोटी,आचर, जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।