लोकमानविरुद्धको महाअभियोगबारे प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल


20102016122231pm-1000x0कार्तिक ४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध स‌ंसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । यसैगरी आज बिहान सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले लोकमान प्रकणबारे नेपाली कांग्रेस र सभामुख ओनसरी घर्तीमगरसँग छलफल गर्ने निर्णय गरेको छ ।

अहिले यही विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक पनि चलिहरेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध स‌ंसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे नेपाली कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ ।

बिहीबार लाजिम्पाटमा बसेको कार्यालयको बैठकले अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोगबारे सत्तारुढ कांग्रेससँग छलफल गरेर निर्णयमा पुग्ने निष्कर्ष निकालिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । कार्कीविरुद्ध परेको महाअभियोगबारे बिहीबार बस्ने व्यवस्थापिका स‌ंसद् बैठकमा छलफल हुने कार्यसूची छ ।

बुधबार साँझ अख्तियार प्रमुख कार्कीविरुद्ध १ सय ५७ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता भुसालका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा आफ्नो गोवा भ्रमणका क्रममा चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको भेटबारे जानकारी गराएका थिए ।

बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )