“झापाली समाज कुवेत द्वारा गुल्मी जिल्लाका बाडी पिडितहरुलाई राहत बितरण”


कुवेत नेपालडटकम

14696882_676208155874983_747765644_n१७ अक्टुवर २०१६ कुवेत, झापाली समाज स्थापनाकाल देखिनै बिभिन्न सामाजिक कृयाकलापहरुमा आवद्ध रहदै सफल सामाजिक संस्थाको रुपमा पहिचान बनाईसकेको यस संन्थाले नेपालमा भिषण बाडी र ठुलो जनधनको क्षती भएको बिभिन्न स्थानहरुमा राहत सहयोग गर्ने प्रतिबद्धता अनुरुप पहिलो चरणको राहत बितरण कार्यक्रम मिति २०७३ साल आश्विन २९ गते शनिवारका दिन दर्लिंगं गा.बि.श. गुल्मीका सचिब श्री गोपाल ब. सेन ओलीको अध्यक्षता र सामाजिक कार्यमा सक्रिय युवा झापाली समाज कुवेत नेपालका उपाध्यक्ष श्री राजु धिमाल ज्युको प्रमुख आथित्यतामा गा.बि.श.को सर्बदलिय सुरक्षा निकाय बुद्धीजिवी लगायत बिभिन्न पाटीका बिशिष्ट प्रतिनिधीहरु…
नेपाली कांग्रेस प्रतिनिधी श्री प्रेम ब. श्रिस
ने.क.पा. एमाले प्रतिनिधी श्री मुहविर घर्ती
ने.क.पा.मा.केन्द्र प्रतिनिधी श्री भुपाल सिंह खत्री
ने.क.पा. माओवादी प्रतिनिधी श्री तन ब. रसाईली साथै
प्रहरी चौकी ईन्चार्ज श्री पैडी अमराई
नेटा दर्लिंगं उच्व मा.बी. शिक्षक श्री यमलाल अर्याल
नेटा दर्लिंगं उच्व मा.बी. शिक्षक श्री घनिश्वर अर्याल
नेटा दर्लिंगं उच्व मा.बी. प्राचार्य श्री तेज ब. सोनार

14643122_676208302541635_1485280145_nदर्लिंगं बजार ब्यबस्थापन अध्यक्ष श्री राम प्र. अर्याल लगायत बिभिन्न अती बिशिष्ट ब्याक्तित्वहरुको उपस्थितीमा मिति २०७३ श्रावण ९,१० र ११ गते परेको अबिरल बर्षातका कारण गुल्मी जिल्लाको अती बिकट गा.बि.श. दर्लिंगंका बिभिन्न वडाका बाडी पहिरो पिडित ४७ घर परिवारलाई रु.१२४,४५०( अपरेक्षी रु. एकलाख चौबीस हजार चारसय पचास) रकम बराबरको राहत सामग्री स्वरुप एकसरो ओड्ने ओछ्याउने बिशाल जनसमुदायहरुको उपस्थितीका माँझ कार्यक्रम गरी बितरण गरियो ।

14741809_676206152541850_194516858_nकार्यक्रममा बिभिन्न बिशिष्ट ब्याक्तीहरुले बोल्ने क्रममा प्रवासमा बिभिन्न आरोह अवरोह,दु:ख कष्टहरु पार गर्दै प्रवासी जिवन ब्यथित गर्न बाध्य नेपालकै पुर्बी सिमामा बसोवास् गर्ने झापालीहरुले नेपाली समुदायमै एक उधाहरणिय कार्य गरेको बताउदै पश्चिमको अती बिकट ठाँउ सम्म निकै दु:ख कष्ट सहेर भएपनी आफुसक्दो राहत सामग्री दर्लिंगं बासिलाई उपलब्ध गराई झापालीहरु झापाली मात्र नभएर हामी नेपाली हौ, नेपाली भई एक आपसमा साथ सहयोग र सुख दु:ख बाटेर बाच्न सक्नु पर्दछ भन्ने शिक्षा छोडेकोमा सम्पुर्ण उपस्थित जन समुदाय लगायत बुद्धीजिवी र बाडी पहिरो पिडीतहरुले झापाली समाजको नेत्रित्व गरेर जानुहुने उपाध्यक्ष र सदस्यलाई अबिर र फुलमालाले स्वागत र उच्व सम्मानका साथ धन्यवाद ज्ञापन गर्दै आउदो दिनहरुमा झापाली समाजले झै अन्य समाजहरुले पनी आफ्नो गाँउ, समुदाय र जिल्लालाई मात्र लक्षित गरेर हैन सम्पुर्ण नेपाल र नेपालीहरुलाई आफ्नो सम्झिएर समाज सेवा गर्दै झापाली समाज झै उधाहरणिय बन्न आवहान गरिएको थियो ।

14625278_676208862541579_1617740388_nसाथै झापाली समाज कुवेतलाई त्याँहा सम्म पुगेर राहत बितरण कार्यलाई सहज बनाउन मुख्य भुमिका खेल्दै सहयोग गर्नु हुने समाज सेवी सुश्री तारा पौडेल ज्युलाई सम्पुर्ण झापाली समाज कुवेत नेपालको तर्फबाट स-धन्यवाद स्वरुप हार्दिक आभार प्रकट गर्दछौ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.