परदेशी खबर डटकम ले तेस्रो वार्षिक उत्सब मनायो (फोटो फिचरसहित)


कुवेत नेपालडटकम

img_0129अक्टोबर १५,कुवेत कुवेतको नेपाली समाजमा कृयाशिल तेस्रो नेपाली ओन्लाईन पत्रीका परदेशी खबर डटकम ले आफ्नो स्थापनाको तेस्रो वार्षिक उत्सब तथा परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ हिजो कुबेत सिटी स्थित प्यारागन रेष्टुरेन्ट मनायो।

उक्त अधिबेसनमा प्रमुख अतिथि नेपाली दुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल, साथै उहाँका धर्म पत्न्नी रिता हमाल, बिशेष अतिथिहरु मा एनसीसी कुवेतका अध्यक्ष अर्जुन तामाङ,पत्रकार महासंघ कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने,कोसेली छापा पत्रिकाका प्रधानसम्पादक नवराज पन्थी, युएई एक्सचेन्जका हेड अफ बगजिनेस डेभलप्मेन्ट म्यानेजर जोर्ज भर्गिस, ,साथै कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियोimg_0018

प्रमुख कार्यकारी सम्पादक कोशराज राई को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमा परदेशि खबरडटकमको सम्पादकहरु आकाश शेर्प र दिल कुमार पाख्रिनले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान गित बजाई कार्यकारी सम्पादक नैनकला राईले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

img_0001कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल,ले पत्रकारिता को धर्म र मर्म लाई बुझेर पत्रकारिता गर्न सुझाब दिदै परदेशी खबर को सफलता को कामना गर्नु भयो । त्यसैगरी एन आर एन ए कुबेत अध्यक्ष अर्जुन तमाङ,नेपाल पत्रकार महासँग कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने,एक्सचेन्जका हेड अफ बगजिनेस डेभलप्मेन्ट म्यानेजर जोर्ज भर्गिस,कोसेली छापा पत्रिकाका प्रधानसम्पादक नवराज पन्थी, किरात राई योयोक्खा कुवेत शाखाका अध्यक्ष रमेश राई, हाम्रो सन्चार डटकमका सम्पादक युवराज बस्याल लगयात ले परदेशी खबर को सफलता को शुभकामना मन्तब्य दिनु भएको थियो।

img_0022परदेशी खबरको तेस्रो बार्षिककोत्सव परदेशी खबर युएई एक्स्चेन्ज अवार्ड २०१६” कार्यक्रम लाई अझ सुगन्ध भर्ने कुवैतका चर्चित कलाकारहरु बीबी मल्ल, माधव शर्मा, डिबी लोप्चन, प्रेम कटवाल , राजु थापा र गायीका नुमा राई लगायताका गायक गायीकाहरुले मिठो स्वरद्वारा मनोरन्जन पनि प्रदान गरेका थिए।

img_0023कार्यक्रममा परदेशी खबरको तेश्रो बार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका महामहिम राजदूत यज्ञबहादुर हमाललाई परदेशी खबरद्वारा अभिनन्दन गरिएको थियो भने खेल क्षेत्रमा बिशेष योगदान गरिरहेको मातृभूमि युवा क्लबका अध्यक्ष ऋषि थापामगरलाई पनि सम्मानपत्र र खदाले सम्मान गरिएको थियो। नेपाली समाज कुबेत भित्रकै सबैभन्दा ज्येष्ठ नागरिक जसले दूतावास स्थापना हुनुपुर्व पुर्ण दुतावासको जस्तै भुमिका निभाइरहनु भएका ब्याक्तित्व मित्र सिंजालिलाई पनि ज्येष्ठ नागरिक सम्मान गरिएको थियो।यसै गरी परदेशी खबरको तेस्रो बार्षिककोत्सव परदेशी खबर युएई एक्स्चेन्ज अवार्ड २०१६” कार्यक्रमको पनि प्रायोजक र कुवेतमा नेपाली समाजलाई धेरै लामो समयदेखी विभिन्न कार्यक्रममा प्रायोजन गर्दै आइरहेको युएई एक्स्चेन्जलाई पनि कार्यक्रममा प्रयोजक युएइ एक्स्चेन्जलाई पनि मोमेन्टो र दोसल्लाद्वारा सम्मान गरिएको थियो।

img_0156उत्कृष्ट ६ वटा बिधामा १० जना अवार्ड बिजयी

बिभिन्न नोमिनेशनमा परेका ६ वटा बिधाका १० जना बिजयिहरुलाई कप, प्रमाणपत्र र खदाद्वारा सम्मान गरिएको थियो। गरिएको थियो भने सबै नोमिनिजलाई प्रमाणपत्र र खदा ओढाएर सम्मान गरिएको थियो।
जसमा:-
उत्कृष्ट पत्रकार पुरुष तर्फ सुरेश गुरुङ
उत्कृष्ट पत्रकार महिला तर्फ रजनी ढुंगाना
उत्कृष्ट समाजसेवी पुरुष तर्फ खोप गुरुङ
उत्कृष्ट समाजसेवी महिला तर्फ माया बिक
उत्कृष्ट साहित्य पुरुष तर्फ दिपक आचार्य “जलन”
उत्कृष्ट साहित्य महिला तर्फ जानकी दर्लामी
उत्कृष्ट गायन पुरुष तर्फ डिबि लोप्चन
उत्कृष्ट गायन महिला तर्फ इन्दिरा शाह
उत्कृष्ट व्यवसायी तर्फ चौतारी रेस्टुरेन्ट
मोस्ट भ्यालुएबल अवार्ड : राम बस्नेतले जित्न सफल भएका छन्।

img_0323अन्त्यमा सभापतित्व गर्नु भएको प्रमुख कार्यकारी सम्पादक कोशराज राई ले कार्यक्रम बोल्दै परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाइ (इस्टमान वाइबा तामाङ)
नेपालमा भएको कारण आफू कुवेतमा प्रमुख कार्यकारी सम्पादक रहि आजको कार्यक्रममा सभपतिको आसनग्रहण गर्न परेको स्पस्ट पार्दै प्रधान सम्पादक लामा भाई र संरक्षक सुरेश ग्याबा तामाङको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताए। कार्यक्रम लाई सफल पार्न को निमित्त आर्थिक, नैतिक, भौतिक हरेक तवरले सहयोग गर्नु हुने सम्पूर्ण संघ, संस्था र व्यक्ति बिशेषलाई धन्यवाद ज्ञापन व्यक्त गरेको थियो । भने अन्त्यमा कार्यक्रम मा सम्पूर्ण उपस्थित हरुलाई जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।img_0112img_0154img_032814729381_1096606010389173_3439829466587981359_nimg_0024img_0392img_038614720367_1094820953901012_3804185986460292651_nimg_0068

14656287_1096694900380284_4591305861800547947_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )