बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार


हरिकुमार राई

Nepalese police use tear gas to dispel cभीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए। प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् ।

बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउनेक्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ ।

अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए। भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ ।

राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ ।

यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । रासस

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )