परदेशी खबरको तेस्रो वार्षिकोत्सको सम्पूर्ण तैयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


कोशराज राई/कुवेत

14720367_1094820953901012_3804185986460292651_nअक्टोबर १३, कुवेत । अन्लाईन मिडिया परदेशी खबर डटकमको तेस्रो वार्षिकोत्सव तथा परदेशी खबर/ यूएई एक्सचेन्ज अवार्ड २०१६ को सम्पूर्ण तैयारी पुरा भएको छ।

नेपाली महमहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुको हातबाट परदेशी खबर/ यूएई एक्सचेन्ज अवार्ड २०१६ का बिजेताहरुलाई अवार्ड र सम्मान पत्र प्रदान गरिने छ।

कार्यक्रममा नोमिनेसनमा परेका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति र स्थानिय ख्याति प्राप्त अन्य कलाकारहरुको पनि प्रस्तुति रहने छ।

14657662_1275616405802338_1997968872_nपरदेशको बसाईसँगै नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षेत्रबाट ४ जनालाई छनौट गरिएको र उत्कृष्टको आधारमा सो मध्य प्रत्येक बिधामा एकजनालाई अवार्ड बिजयी घोषणा गरिने बिजयीले अवार्ड र सम्मान पत्र र बाँकी ३ प्रतिस्पर्धिहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिने छ।

परदेशी खबर डटकम अवार्ड २०१६ मा उत्कृष्ट समाजसेवी ( महिला पुरुष), उत्कृष्ट पत्रकार ( महिला, पुरुष), उत्कृष्ट गायक, गायीका, उत्कृष्ट साहित्यकार, (महिला, पुरुष), उत्कृष्ट उद्दामी गरि जम्मा ९ बिधालाई अवार्ड बिजेता घोषित गरिने छ।

मुर्गाब स्थित प्यारागन रेष्टुरेन्टमा आयोजना हुने अवार्ड समारोहमा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुबाट अवार्ड बिजयीहरुलाई अवार्डका साथमा प्रमाण पत्र प्रदान गरिने कुरा परदेशी खबर डटकमको आज खैतानमा बसेको परदेशी खबर बोर्डको बैठकले अन्तिम निर्णय गरेको हो।

परदेशी खबर डटकमले कुवेतको सम्पूर्ण संघ संस्थाहरुलाई, बुद्धिजिबीहरुलाई, समाजसेवीहरुलाई र नोमिनेसनमा परेकाहरुलाई पत्र पठाईएको कुनै कारण बस पत्र प्राप्त हुन नसकेमा यसै समाचारलाई आधार मानेर कुवेतमा बसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थित भईदिन हुन अनुरोध गर्दछ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )