नेपालको दोश्रो जीत, ६ रनले पराजित गर्दै हङकङसंग लियो बदला…


न्युज डेस्क / एचकेनेपाल डटकम
14705637_10157522982895414_206943062554400557_nहङकङ १३ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको दोस्रो चरणको खेलमा नेपालले आयोजक हङकङलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो खेलमा भएको हारको बदला लिएको छ।

हङकङको कोलून क्रिकेट क्लवमा २ बजे सुरु भएको खेलमा जित्नै पर्ने दबावका साथ मैदानमा उत्रेको नेपालले अन्ततः दोश्रो जीत दर्ता गरेको हो।

७६ रनको लक्ष्य पछ््याएको हङकङलाई १७ ओभर ४ बलमा ६९ रनमा अलआउट गर्दै नेपालले दुई अंक जोडेको हो।

nepal-womens-national-cricket-team-in-hong-kongहङकङविरुद्ध खेलमा करुणा भन्डारीले ३ तथा सरीता पुनले २ विकेट लिइन्। रुबिना क्षेत्री, सबनम राई र निर्मला कुमारीले १-१ विकेट लिए । हङकङका दुई खेलाडी रन आउट हुन पुगे।

प्लेयर्स अफ दि म्याच भएकी करुणा भण्डारीले अविजित १९ रन साथै ३ विकेट हात पारेकी थिइन्।

यसअघि पहिलो खेलमा हङकङसँग नेपाल ६ विकेटले पराजित भएको थियो। त्यस्तै दोश्रो खेलमा थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो भने तेश्रो खेलमा नेपालले चीनलाई २० रनले पराजित गरेको थियो।

रुबिना क्षेत्रीको नेतृत्वमा रहेको नेपाल महिला क्रिकेट टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी, सब्नम राई, सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा र निर्मला शाही छन्। प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

नेपालले शुक्रवार १४ तारिख बिहान साढे ९ बजे हङकङ क्रिकेट क्लवमा थाईल्याण्डसंग खेल्दै छ। त्यसैगरी, शनिवार १५ तारिख बिहान साढे ९ बजे मिशन रोडमा चीनसंग खेल्दै छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )