भारतीय गोरखा सेनामा भर्ति हुनु नेपालीका लागि रहर नभई मजबुरी


कर्ण बहादुर अधिकारी, मकाउ,

16101246unnamedदोस्रो बिश्व यूद्धमा संसार हल्लाउने बीर गोरखालीको नामले परीचित गोरखा सैनिकको त्यो छबी आज पनि संसार भरीका मानव समुदायमा त्यति नै लोक प्रिय छ । आखिर त्यो छबी गोरखालीले नेपालको रक्षा गरेर पाएको नभई नुनको सोझोका निमित्त बिदेशी राष्ट्रको रक्षार्थ आफ्नो जीवनको आहुँति दिन र अरूको जीवन लिला समाप्ति गर्नका लागि एक रति पनि पछाडी नहट्ने स्वभाव भएकै कारण संसार भरी चर्चित हुन पुगेको हो ।

दोस्रो बिश्व यूद्धको इतिहासलाई मध्यनजर राख्दै नेपालीको बिरताको कदर गरेर आजको दिन सम्म पनि भारत र बेलायतले नेपाली नागरीकलाई सैनिक सेवामा स्थान दिदै आई रहेको छ । प्राय जसो नेपालका मंगोलियन अनुहार गरेका नागरीकलाई पहिलो प्राथमिकता राख्ने हुनाले भारतीय र बेलायति सेनामा राई, लिम्बु, गुरूङ, मगर, तामाङ, श्रेष्ठ लगाएतका जात जातीहरूको बाहुल्यता छ भने क्षेत्रीहरू बाहुनहरू सिमित मात्रामा छन । आखिर किन भर्ति हुन्छन त नेपालीहरू बिदेशी सेनामा भन्ने कुरामा सरल भाषामा बुझ्ने हो भने पनि राम्रो तलव भत्ताकै कारण नेपालीहरू मजबुरीकै कारण परिवन्दमा परी भर्ति हुन्छन ।

शायद देशमा नै गरी खाने माहौल भएको भए आज बहादुरको संज्ञाले भारत र बेलायतको झण्डा मुनी बसेर कसम खानु पर्ने थिएन । त्यहि भारतीय सेनामा नोकरी गर्नेको तलव ५० हजार माथि छ भने त्यस्तै जागिर, त्यति नै दु:ख कष्ट गर्नु पर्ने नेपाली सेनाको तलव भत्ता १८ हजारको हारहारीमा अब तपाई नै अनुमान लगाउन सक्नु हुन्छ कारण के होला भनेर । राम्रो तलव भत्ताको लोभमा फस्दै सबै भन्दा पहिला बेलायती सेनामा भर्ति हुन खोज्छन, बेलायतिमा नभए भारतीयमा, भारतीयमा नभएन नेपाल आर्मीमा नेपाल आर्मीमा नभए नेपाल प्रहरीमा र नेपाल प्रहरीमा पनि नभए पैसा कमाउने भन्दै आफूले आफैलाई नै म्यान पावर कम्पनिमा बेच्दै लाखौ लाख तिरेर बिश्वका कयौ देशहरूमा बिदेशीन्छौ । यो हामी नेपालीको नियति नै हो । आज सम्म नेपालका ६० लाख भन्दा बढी यूबाहरू रोजगारका लागि बिदेशी भूमिमा कार्यरत छन ।

यसरी लाखौ लाख यूवाहरू बिदेशीनु देशको राजनिति प्रणालीको नै कम्जोरी हो । आफ्नो देशको नागरीकहरूलाई ब्यबस्थापन गर्न नसक्नु सरकारको कम्जोरी होईन र? केहि दिन अगाडी भारतीय सेनामा भर्ति गराउनका लागि बुटवलमा गल्ला आएर भर्ना छनौट गर्दा उक्त प्रकृयामा दशौ हजार नेपालीले आफ्नो नाम दर्ता गराए । यसरी यूवाहरूको उपस्थिति रहर नभएर बाध्यता वा मजबुरी नै हो । भारतीय सेनामा भर्ति भए पछि भारतले कठिन ठाउँमा खटाउछ नेपालीहरूलाई किनकी नेपालीहरू बाहादुर हुन्छन भन्छन चाहे त्यो कार्गिलको यूद्ध होस चाहे कास्मिरको यूद्ध नै किन नहोस । भारतीय झण्डा बोकेर युद्ध गर्न बिबश छन नेपालीहरू। के गर्नु नुनको सोझो त गर्नु नै पर्यो नी । भारतीय गोरखा सेनामा हाल सम्म ४० हजार भन्दा बढी नेपाली जवानहरू कार्यरत छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )