मकाउमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउ” गठन।


कुवेत नेपालडटकम
14610687_1146947225386245_1852506316_nराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउको”तदर्थ समिति गठन भएको छ। शिव शंकर चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ।मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टको हलमा मकाउमा कार्यरत रहेका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा नेपालको भातृसंगठन “राष्ट्रीय प्रजातान्त्रिक यूबा संगठन नेपालको केन्द्रीय सचिव” हिक्मत जंग कार्की हुनु हुन्थ्यो भने बिशेष अतिथि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, अतिथिहरू नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्ब सभापति राम गुरूङ,नेपाली समाज मकाउका उपाध्यक्ष यूवराज न्यौपाने,तमु समाज हंगकंगका अध्यक्ष कमल गुरूङ हुनु हुन्थ्यो।

कार्यक्रममा अतिथिहरूले मन्तब्यका क्रममा मकाउमा कार्यरत रहनु भएका नेपालीहरूको बस्तु स्थितिका ’boutमा चर्चा गर्नुका साथै देशको बर्तमान राजनिति अबस्था र संबिधान कार्यान्वयन बिषयमा चर्चा गरेका थिए।प्रमुख अतिथि हिक्मत जंग कार्कीले राप्रपा नेपालको बर्तमानको स्थिति, देश र जनताका हितका लागि राप्रपा नेपालले खेली रहेको भूमिका र राप्रपा नेपालले बोकेको एजेण्डा ’boutमा प्रष्ट पार्नुको साथै राप्रपा नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज” बिस्तार गर्नुको उदेश्यका ’boutमा चर्चा गर्नु भएको थियो।14625270_1146947452052889_1800749313_n

कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरूले बडा दशै २०७३ सालको पावन अबसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीले मन्तव्यका क्रममा देशको राजनितिका ’boutमा चिन्ता ब्यक्त गर्दै नेपालका राजनितिक दलहरू एक आपसमा मिलेर सहकार्य गर्दै देशलाई राजनिति निकाश दिई अहिले जटिल समस्या भनेको नेपालको संबिधानलाई कार्यान्वयन गर्नका लागि मिलेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो।मकाउमा राप्रपा नेपालको बिदेश स्थित भातृ संगठन प्रबासी नेपाली एकता समाजको तदर्थ समिति गठन भएकोमा प्रमुख अतिथि हिक्मत जंग कार्कीले खुशी ब्यक्त गर्नु भयो।कार्यक्रमको सभापतित्व नरेश कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको उदधोषक झपट बहादुर खड्काले गर्नु भएको थियो।14619872_1146947352052899_1321952044_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )