संसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै


बलराम बानियाँ, काठमाडौं
06102016075514subiidha-1000x0संसद् सचिवालयको प्रस्तावमा संसद्का पदाधिकारी र सांसदको तलब सुविधा वृद्धिको निर्णय अब बस्ने बैठकबाट गर्ने मन्त्रिपरिषद्को तयारी आश्विन २०, २०७३- सरकारले साउन १ देखि नै लागू हुने गरी संसद्का पदाधिकारीदेखि सांसदसम्मको तलब भत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद् सचिवालयको प्रस्तावमा तलब सुविधा वृद्धिको निर्णय गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

सरकारले संसद् सचिवालयको तीव्र दबाबमा संसद्का पदाधिकारीदेखि सांसदहरूको तलब सुविधामा ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्न लागेको हो । मन्त्रिपरिषदको निर्णयसँगै साउन १ देखि लागू हुने गरी प्रतिनिधिसभाका सभामुख, प्रतिपक्षी दलका नेता, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक र सचेतक, समितिका सभापति, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका नेता, प्रमुख सचेतक, विपक्षी दलका नेता र सचेतक तथा समितिका सभापति र सांसदहरूको तलब सुविधा वृद्धि हुनेछ ।

सभामुख र अध्यक्षलाई तलब ६७ हजार २ सय ३०, आवास सुविधा २८ हजार २ सय ७५, विशेष भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय बन्दोबस्त २ हजार, गार्डघर सुविधा २ हजार, पेट्रोल २५० लिटर, अतिथि सत्कार खर्च २ हजार ५ सय, बिजुली र पानीको महसुल बिलअनुसार मासिक सुविधा दिइनेछ । दुवैले बैठक भत्ताबापत दैनिक ५ सय रुपैयाँ र त्रैमासिक रूपमा मोबिल १० लिटर पाउने छन् । सरकारी निवासमा बस्ने सभामुख र अध्यक्षलाई आवास सुविधाबापत पहिलोपटक थप रकम दिन लागिएको हो । यस अतिरिक्त सभामुख र अध्यक्षले स्वदेशमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ र विदेशमा २ सय ५० अमेरिकी डलर पाउने छन्, उनीहरूका परिचारकलाई समेत ४ हजार लुगा भत्ता दिइनेछ ।

सरकारले संसदका सबै पदाधिकारी तथा सांसद सबैलाई १० लाख रुपैयाँको यात्रा बिमा गरिदिनेछ भने पदाधिकारी सांसदको मृत्यु भए परिवारलाई २ लाख आर्थिक सहायता दिनेछ । अशक्त भए ५० हजार रुपैयाँ आर्थिक सहायता दिनेछ । सरकारले प्रतिनिधिसभाका प्रतिपक्षी नेतालाई तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गार्डघर सुविधा १ हजार ७ सय ५० र पेट्रोल २३० लिटर मासिक प्रदान गर्नेछ । यस अतिरिक्त भ्रमण भत्ता (दैनिक) ५ सय रुपैयाँ र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।

राष्ट्रियसभाका सत्तापक्षका नेता, प्रतिपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतकले तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल २३० लिटर मासिक पाउने छन् । यस अतिरिक्त भ्रमण भत्ता (दैनिक) ५ सय र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।

उपसभामुख र उपाध्यक्षले तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च १ हजार ५ सय, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल २३० लिटर मासिक प्रदान गर्नेछ । यस अतिरिक्त बैठक भत्ता (दैनिक) ५ सय रुपैयाँ र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।

प्रतिपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र दुवै सभाका समितिका सभापति, राष्ट्रियसभाका सत्तापक्षका नेता, प्रतिपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतकले तलब ५७ हजार ७ सय ८०, आवास सुविधा २४ हजार २ सय ६८, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय बन्दोबस्त १२ सय, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार, अतिथि सत्कार २ हजार, विशेष भत्ता १ हजार, पेट्रोल १५० लिटर मासिक पाउने छन् । यस अतिरिक्त बैठक भत्ता (दैनिक) ५ सय र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।

सांसदहरूले अब तलब ५५ हजार २ सय ३०, आवास सुविधा १८ हजार, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च १ हजार, विशेष भत्ता १ हजार, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल १५० लिटर मासिक पाउने छन् । यस अतिरिक्त दैनिक यातायात सुविधा १ हजार र बैठक भत्ता (दैनिक) ५ सय प्राप्त गर्नेछन् ।

सरकारले संसदका पदाधिकारी तथा सांसदको स्वकीय सचिवालयका लागिसमेत ठूलो धनराशि खर्च गर्ने भएको छ । सभामुख र अध्यक्षले स्वकीय सचिवालयमा सहसचिव, उपसचिवस्तरको स्वकीय सचिव १/१ जना, नासुस्तरको कम्प्युटर अपरेटर १, सवारी चालक २ र कार्यालय सहयोगी २ जना राख्न पाउने छन् । यस अतिरिक्त प्रिन्टरसहितको कम्प्युटर एक थान र दुइटा साइकल सुविधाबापत पाउने छन् । सभामुख र अध्यक्षसहित सबै पदाधिकारी र सांसदले स्वकीय सचिवालयमा आफूखुसी नियुक्ति गर्न पाउँछन् भने कतिपयले परिवारका सदस्य राखेर स्वकीय सचिवको तलब सुविधा आफैं बुझ्ने प्रवृत्तिसमेत छ ।

प्रतिनिधिसभाका विपक्षी दलका नेताले स्वकीय सचिवालयमा सहसचिव १, उपसचिव १, नासुस्तरको कम्प्युटर अपरेटर १, सवारी चालक २, कार्यालय सहयोगी २ जना, प्रिन्टरसहितको कम्प्युटर १ र साइकल दुइटा प्राप्त गर्नेछन् ।

राष्ट्रियसभामा सत्तापक्ष र विपक्षको नेता, सत्तापक्षको मुख्य सचेतक, उपसभामुख र उपाध्यक्ष, प्रतिपक्षी दलका प्रमुख सचेतक र सत्तापक्षको सचेतकले स्वकीय सचिवालयमा उपसचिव १, नासुस्तरको कम्प्युटर १, सवारी चालक २, कार्यालय सहयोगी १ जना प्रिन्टरसहितको कम्प्युटर र साइकल एक/एक थान सुविधाबापत पाउने छन् ।

सरकारले संसदका पदाधिकारी र सांसदहरू सबैलाई फर्निचर सुविधाबापत एकमुष्ट १५ हजार रुपैयाँ प्रदान गर्नेछ । सांसदले भने शाखा अधिकृतस्तरको एक जना स्वकीय सचिव पाउने छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )