डा. केसीलाई सरकारको जवाफः महाअभियोग हाम्रो वशको विषय होइन


सरकार र गोविन्द केसी आ-आफ्नै अडानमा
dr-govinda-kc-5१९ असोज, काठमाडौं । सरकारले अमरण अनसनरत डा. गोविन्द केसीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय आफ्नो वशको नभएको बताएको छ । डा। केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहित चारबुँदे माग राखेर असोज १० गतेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । र, उनको स्वास्थ्य बिग्रँदै गएको छ ।

डा. केसीका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना थालेका छन् भने शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले इमर्जेन्सी र अपरेशनबाहेकमा काम गरेका छैनन् ।

तर, सरकारले भने केसीसँग भएका सम्झौता कार्यान्वयनको प्रक्रियामा रहेको बताएको छ ।शिक्षामन्त्री धनिराम पौडेलका अनुसार मंगलबार राति अबेरसम्म सोलिडारिटी फर डा. केसी अलाइन्सका प्रतिनिधिसँग वार्ता भएको थियो । र, बुधबार पनि वार्तामा बस्ने तयारी छ ।

साथै सरकारका प्रतिनिधिले डा. केसीलाई नै भेटेर सहमति कार्यान्वयनमा भएको प्रगति’bout जानकारी गराउने योजना छ । ‘हामी डा. केसीलाई पनि भेटेर अहिलेसम्मको प्रगति जानकारी गराउँछौं, मन्त्री पौडेलले भने, हामीले जे जति काम अघि बढाएका छौं, यसले विश्वासको वातावरण बनाएको छ । अब शंका नगरौं र अनसन स्थगित गरौं भन्ने हाम्रो प्रस्ताव छ ।’

मन्त्री पौडेलका अनुसार यसमा लिखित प्रतिवद्धता वा सहमति गर्न पनि सरकार तयार छ । तर, वार्तामा डा. केसीका प्रतिनिधिहरुले भने अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया सुरु गर्नु पर्ने र चिकित्सा शिक्षा ऐन छिटो पारित गर्नुपर्ने अडान राखेका छन् ।

मन्त्री पौडेलले भने, ‘सरकारले निर्णय गरेर कसैलाई महाअभियोग लगाउने कुरा आउँदैन । यो हाम्रो बसको विषय होइन भनेर हामीले प्रष्ट भनेका छौं ।’ माओवादी नेतासमेत रहेका उनले अघि भने, ‘हामी कुनै सांसदलाई महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्नुस् पनि भन्न सक्दैनौं ।’

संसदको नियमावली अनुसार तीन सांसदले महाअधियोग प्रस्तावका लागि निवेदन दिन सक्छन् । र, यसलाई महाअधियोग सिफारिस समितिले अघि बढाउने नबढाउने’bout छानविन गर्नेछ । त्यसपछि पनि सांसदले हस्ताक्षर गरेपछि मात्रै संसदको एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्नेछन् । र, दुई तिहाइले अनुमोदन गरे मात्र पास हुन्छ ।

सभामुख ओनसरी घर्ती मगरले महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव गरे पनि दलहरुबीच सहमति जुट्न बाँकी छ । डा. केसीको मागअनुसार महाअभियोग प्रस्तावका लागि निवेदन दिने तीन सांसद पनि अहिलेसम्म भेटिएका छैनन् ।

साथै सरकारले चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा गइसकेको बताएको छ । मन्त्री पौडेलले भने, ‘संसदले पास गरेर समितिमा गएको छ । आवश्यक समय लिएर छलफल गर्ने समितिको अधिकार हो । त्यसमा सरकारले हस्तक्षेप गर्न सक्दैन भनेर हामीले भनेका छौं ।’

यसैवीच अनसनरत डा. केसीले मिडियासँग बोल्न अस्वीकार गरेका छन् । उनले जस्तोसुकै दबाव आए पनि आफ्ना मागहरु पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )