Daily Archives: 04/10/2016

डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?


1475549829dv-final-finalकाठमाडौं, असोज १८ । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ ।मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

राज्य पुनर्संरचनाको आधार इलाकालार्इ नै बनाउने समझदारी


sthaniya-nikaya-punara-samr-57f30b646e1ae0-16625834काठमाडौं: सरकार, विपक्षी दल र स्थानीय तह पुनर्संरचना आयोगबीच स्थानीय तहमा इलाकालाई मुख्य आधार मान्ने समझदारी भएको छ । तीन पक्षबीच सोमबार भएको बैठकमा इलाकालाई आधार बनाएर अगाडि बढ्ने तीन दलबीच सहमति भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए । ‘इलाकालाई मुख्य आधार मान्ने समझदारी भएको छ । आयोगका पदाधिकारीले राजनीतिक दलबाट सैद्धान्तिक सहमति दिन ढिलो गरिएको टिप्पणी गरेका थिए’, देउवाले भने । पढ्नेक्रम जारी राख्नुहोस्

दसैंको उल्लास छैन टहरामा


प्रकाश अधिकारी, सुर्खेत
बाढी पीडितको दु:खेसो
04102016082044sibir-1000x0आश्विन १८, २०७३- हरिहरपुर ५ सिस्नेरीका सिर्जना विकका परिवार दुई वर्षदेखि गिरीघाटमा विस्थापित जीवन बिताइरहेका छन् । थुप्रै आफन्त र पुर्खौंदेखि आर्जेको सारा सम्पत्ति बाढीले बगाएपछि गतवर्ष उनको परिवारमा चाडपर्वको उल्लास छाएन । ‘न घर छ न त पैसा । कसरी दसैं मनाउनु ?’ उनले भनिन्, ‘विस्थापितको जिन्दगी सधैं खल्लो छ । एक दिन दसैं आयो भनेर अरू रमाएको देखेर मात्र आफू रमाउन्न सकिन्न ।’ पढ्नेक्रम जारी राख्नुहोस्