“म जीवन त्याग्न सक्छु तर कांग्रेस त्याग्न सक्दिन”।


कर्ण बहादुर अधिकारी हाल मकाउ।
14111995_1108078812606420_1371347617_nबिक्रम संबत २०३५ साल पुष २६ गते नुवाकोट जिल्ला क्षेत्र नं २ मा जन्मिएको म २०४६ सालको जनआन्दोलन ताका जम्मा जम्मी ११ बर्षको मात्र थिए।त्यस बखत देशमा आन्दोलन चर्की रहेको थियो।उक्त समयमा त्यो मेरो बाल मष्तिष्कले एउटै कुरा सोच्ने गर्थ्यो किन मान्छेहरू जाना जानी आन्दोलनमा होमिएर आफ्नो जीवनको आहुँति दिएका होलान भनेर।रेडियोमा समाचार आउँथ्यो यति आन्दोलनकारी मारीए त्यति पुलिस मारे रे यस्ता कुराहरूले मेरो त्यो बाल मष्तिष्कमा पनि केहि सोच्ने वातावरण सृजित गराई दियो।मैले बुबालाई सोध्थे यी बिषयहरूमा किनकी मेरो बुबा पञ्चायति कालमा तत्कालिन गाउँ पञ्चायतबाट उपप्रधान पञ्च हुनु हुन्थ्यो।मेरो पारीबारीक माहौल नै राजनितिको सेरोफेरोमा घुमेको हुनाले मलाई पनि राजनिति प्रति चासो लाग्नु स्वभाबिकै थियो।

कुनै पनि कालखण्ड अन्त्य हुनका लागि क्रान्तिको आबश्यकता हुनु पर्ने रहेछ चाहे त्यो हतियारको क्रान्ति होस वा कलमको क्रान्ति नै किन नहोस।२०४६ सालको बिशाल जन आन्दोलनमा नेपाली जनताले निरङ्कुशताको बिरूद्धमा आन्दोलन छेड्दै आफ्नो जीवनको आहुँति दिएर नेपाली जनताको हितका लागि पञ्चायति ब्यबस्थाको अन्त्य गर्दै बहुदलीय ब्यबस्था लागु गर्न सफल भयो।बहुदलीय ब्यबस्था संगै नेपालमा राजनिति पार्टीहरू च्याउ सरी नै उम्रिए पनि ठूला पार्टीहरू भनेको कांग्रेस र एमाले नै थियो र अहिले सम्म पनि छ।

हरेक रात पछि बिहानीको चिसो सिरेटोमा सुर्यको मधुर किरणले यो धर्ति जगमगाए झै २०४६ साल पछि नेपाली कांग्रेस पार्टी पनि त्यसरी नै जगमगायो।नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूख र चार तारे झण्डा असाध्यै मन पर्थ्यो मलाई र आजको दिन सम्म पनि त्यतिनै मन पराउछु र माया पनि गर्छु।आज म बिश्वको जुन सुकै कुनामा भए पनि म संग बीपीका समाजबादका नितिका पुस्तकहरू देखि लिएर नेपाली कांग्रेस संबन्धितका पुस्तकहरू साथमा नै छन।म नेपाली कांग्रेसको सदस्यता बन्दा १६/ १७ बर्षको मात्र थिए।कक्षा ११ मा पढ्दै गर्दा नेपाली कांग्रेस पार्टीको जनता प्रतिको समाजबादको निति र आदरणीय नेता डा.रामशरण महत प्रतिको झुकाब कै कारण कांग्रेस बनेको थिए।जीवनमा कांग्रेस हुँ भन्दै हिडेको पनि २१ बर्ष कटि सकेछ।हिजो जुन किसिमको जोश लिएर नेपाली कांग्रेसको सदस्यता लिएको थिए आज सम्म पनि त्यति नै जोश र जागर पनि छ तर बर्तमान समयमा कांग्रेस भित्रका बिचलनका कारणले भने मनमा केहि निराशा र दु:ख भने पक्कै लागेको छ तर पार्टी भित्र जस्तो सुकै बिचलन आए पनि म मेरो जीवन त्याग्न सक्छु तर कांग्रेस कहिले त्याग्दिन किनकी कांग्रेस मेरो मन हो कांग्रेस मेरो मुटु हो।
माओबादी द्वन्दकालमा नेपाली कांग्रेस पार्टीका कार्यकर्ता भएकै कारण बिभिन्न आक्षेप लगाएर यातना दिई दिई मारेका घटनाहरू आज सम्म पनि त्यतिकै पीडादायी छ।ती मृतकका परिवारहरूको पार्टी पंक्तिबाट सहि मुल्याङकन नहुँदा पीडीत बनि रहेका छन तर ती हिजोका दिनमा घटेका घटनाहरूलाई चट्क्कै बिर्सिएर नेपाली कांग्रेस पार्टी माओबादीसंग नै सहकार्य गर्दै सरकारमा छ।माओबादीले संसदीय प्रणालीलाई अबलम्बन गर्दै सरकारमा छ भने बर्तमान प्रम कमरेड प्रचण्ड भने अझै हामीले यो संसदीय ब्यबस्था मानेका छैनौ भन्छन आखिर कुरा के हो?हिजो प्रचण्ड, बाबुराम र मोहन बैद्यको टाउकाको मुल्य तोक्ने शेर बहादुर देउवा आज माओबादीसंग सत्ता साझेदारी गरी रहेका छन।

नेपाली कांग्रेस पार्टी भित्र कोईराला खान्दानले लामो समय राज गर्यो जसरी राज गरेका थिए त्यसरी नै पार्टीलाई मिलाएर अगाडी पनि बढाउदै आई रहेका थिए।स्वर्गीय जननायक बीपी कोईराला,स्वर्गीय गिरीजा बाबु र स्वर्गीय शुशिल कोईरालाको समयमा केहि मानवीय त्रुटीहरू भए पनि समग्रमा राम्रै तवरबाट पार्टी संचालन भई रहेको थियो।त्यो समयमा गुटबन्दी गर्नेहरू बीच समझदारी हुने गर्थ्यो।बर्तमान पार्टी सभापति देउवाले पार्टी फुटाए पनि अन्तमा आएर पार्टी एकता भएकै थियो।नेपाली कांग्रेस पार्टीलाई ७० बर्ष सम्म अगाडी बढाउनका लागि पार्टीको तल्लो तह देखि लिएर पार्टी सभापति सम्मको गहन भूमिकामा थियो।
निबर्तमान पार्टी सभापति शुशिल कोईरालाको देहान्त पश्चात नेपाली कांग्रेस पार्टीको शाख गिर्दो अबस्थामा छ।कांग्रेसको १३औं महाधिबेशन पश्चात पार्टी भित्र धेरै गुट जन्मिए यसरी पार्टी भित्र धेरै गुट उपगुट हुनु राम्रो कुरा होईन आज पार्टी भित्र कोईराला,पौडेल,देउवा,खड्का,सिटौला गुट जन्मिनाले आज म कांग्रेसको कुन गुटको पछि लागौ भनि अन्यौलमा छु।समग्रमा म कांग्रेस हुँ कांग्रेसको निति र सिद्धान्तलाई आत्मसात गर्दै अगाडी बढ्छु तर मेरा मित्रहरू सोध्नु हुन्छ तिमी कुन गुटका हौ भनेर म नतमस्तक छु।यस कुराले मलाई सधै पिरोली रहन्छ।
नेपाली कांग्रेस पार्टी लोकतन्त्रमा बिश्वास गर्ने पार्टी हुनाले गुटबन्दीमा बिश्वास राख्नु नपर्ने हो बिधान र नितिमा पनि कांग्रेस गुट बन्दीमा बिश्वास गर्दैनन भन्छन।नितिमा यस्तो लेखिए पनि चुनावी दौडानमा गुट देखिए पनि चुनावको अन्त्य संगै गुटको अन्त्य हुनु पर्नेमा १३ औं महाधिवेशन पछि भने गुटले उग्र रूप लिएर फैलियो।पार्टी सभापति देउवाले महाधिवेशन भएको ७ महिना पार गर्दा पनि कार्य समिति बिस्तार गर्न नसक्नु लज्जास्पद कुरा भएको छ।के यस्ता कारणले गर्दा कांग्रेसलाई लोकतान्त्रिक पार्टी भन्न मिल्छ?पार्टी भित्रका निरङ्कुशताबादका कारण पार्टीको भबिष्य कता तिर जादै छ भन्ने कुरा पार्टीको केन्द्रमा बस्ने नेताहरूले मनन गर्नु पर्ने होईन र ?पार्टीको निति बिधान आआफ्नै हुन्छ र पालना पनि आआफूले नै गर्नु पर्छ तर कुर्ची मोहकै कारण जस्तो सुकै निर्णयलाई पनि स्वीकार र पालना त गर्नु भएन नी।

कांग्रेस पार्टीले अरू पार्टीहरूले भारत परस्त पार्टी हो भन्दा म जस्तै लाखौ लाख कार्यकर्ताको मन दुख्छ भन्ने कुराको हेक्का राख्नु पर्ने होईन र?कांग्रेस पार्टीले देश र जनताको बिरूद्धमा कुनै पनि कार्यहरू गर्नु हुँदैन भन्ने कुराहरूलाई मनन गरेर अगाडी बढ्नु पर्ने बेलामा पार्टी सभापतिले निधिको कुरालाई मान्दै एकल निर्णयबाट पार्टी चलाउनु भनेको राम्रो होईन।चाहे फाष्ट ट्रयाकको बिषयमा होस चाहे राष्ट्रिय भाषाको बिषयमा नै किन नहोस यस्ता कुराहरूमा पार्टीलाई नै असर पर्ने खाले अभिब्यक्ति किन दिनु पर्यो।यदि कांग्रेसले यहि पारा देखाउदै गयो भने २०७४ सालको चुनावमा धक्का लाग्ने पक्का पक्की नै छ त्यस कारण आजैबाट पार्टी सुदृढिकरण तिर लाग्न जरूरी छ।

नेपाली कांग्रेस पार्टीलाई आजको समय सापेक्ष बनाउनका निमित्त यूवा नेताहरू गगन थापा,प्रदीप पौडेल ,बिश्व प्रकाश शर्मा ,शंकर भण्डारी लगाएत सम्पूर्ण यूवा पंक्तिहरू पार्टीको भबिष्यको सुन्दर परिकल्पना गर्दै गुटबन्दीको घेराबाट बाहिर निस्किन जरूरी छ।कांग्रेस रहे मात्र हामी कांग्रेसी रहने हो तसर्थ नेपाली कांग्रेस पार्टी भित्रका चाहे नेता होस वा कार्यकर्ता नै किन नहोस जसले पार्टीका हितका बिरूद्धमा उभिएर काम गर्छ त्यस्तालाई कार्बाहीको दायरामा ल्याउनु पर्दछ।पार्टी भित्रका भाईरसहरूलाई यूवा नेताहरूले एन्टीभाईरसको काम गर्दै क्लिन गर्न जरूरी छ।नेपाली कांग्रेस पार्टीले टोल,बस्ति,जिल्ला हुँदै देशकै जनताका हितका लागि राम्रो काम गर्न सकियो भने कमरेड केपी ओलीले भने झै कांग्रेस आकाशमा उड्ने बाज हुने छ भने अरू पार्टीहरू भुईको बट्टै हुने छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )