Daily Archives: 03/10/2016

मकाउमा रहेका संघ संस्थाहरू एकजुट भई अगाडी बढे नेपालीहरूलाई नै राम्रो।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
14522058_1138842829530018_113908674_oगैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको सातौ बार्षिक साधरण सभा कार्यक्रममा अतिथिको निम्तो स्वीकार गरी आतिथ्य ग्रहण गर्नु भएका नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीले शुभकामना मन्तब्यका क्रममा गैर आबासीय नेपाली संघ मकाउले बर्तमान समयमा गरेको सामाजिक कार्यहरूको बार्षिक सांगठनिक प्रतिबेदन सुनेर खुशी ब्यक्त गर्दै पढ्नेक्रम जारी राख्नुहोस्

“म जीवन त्याग्न सक्छु तर कांग्रेस त्याग्न सक्दिन”।


कर्ण बहादुर अधिकारी हाल मकाउ।
14111995_1108078812606420_1371347617_nबिक्रम संबत २०३५ साल पुष २६ गते नुवाकोट जिल्ला क्षेत्र नं २ मा जन्मिएको म २०४६ सालको जनआन्दोलन ताका जम्मा जम्मी ११ बर्षको मात्र थिए।त्यस बखत देशमा आन्दोलन चर्की रहेको थियो।उक्त समयमा त्यो मेरो बाल मष्तिष्कले एउटै कुरा सोच्ने गर्थ्यो किन मान्छेहरू जाना जानी आन्दोलनमा होमिएर आफ्नो जीवनको आहुँति दिएका होलान भनेर।रेडियोमा समाचार आउँथ्यो यति आन्दोलनकारी मारीए त्यति पुलिस मारे रे यस्ता कुराहरूले मेरो त्यो बाल मष्तिष्कमा पनि केहि सोच्ने वातावरण सृजित गराई दियो।मैले बुबालाई सोध्थे यी बिषयहरूमा किनकी मेरो बुबा पञ्चायति कालमा तत्कालिन गाउँ पञ्चायतबाट उपप्रधान पञ्च हुनु हुन्थ्यो। पढ्नेक्रम जारी राख्नुहोस्