सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल


राधा ढुंगाना
mountain-air-heliicopter९ असोज, सोलुखुम्बु । सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् ।जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ ।

आइतबार बिहान करिब साढे ७ बजे हेलिकप्टर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए ।

बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्‍याएको छ । जुभिङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाँचिएर घाइते भएपछि उपचारका लागि अस्पताल लैजान हेलिकप्टर झिकाइएको थियो ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )