Daily Archives: 25/09/2016

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल


राधा ढुंगाना
mountain-air-heliicopter९ असोज, सोलुखुम्बु । सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् ।जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको समृद्धिमा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने : परराष्ट्रमन्त्री


रमेश लम्साल, अमेरिका
04092016030738prakash-asran-mahat-635-1000x0आश्विन ९, २०७३- परराष्ट्रमन्त्री प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आइतबार सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्