बि.पि.को सपना साकार पार्न तरूणदलको अध्यक्षमा पुर्ण गुरूङको उमेदवारी घोषणा।


काठमान्डौ,असोज ६
14463853_1132966840117617_539021943_nनेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूणदलको चौथो अधिबेशन यहि कार्तिक २७ देखी २८ र २९ गते सम्म कास्कीको पर्यटकीय नगरी पोखरामा हुन गईरहेको छ । जसका लागी झन्डै आधा दर्जन भन्दा बढी उमेदवारले अध्यक्ष पदका लागी उमेदवारी घोषणा गरेका छन । नेपाल तरूणदलका केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका पुर्ब महाधिबेशन प्रतिनीधी पुर्ण गुरूङ्ले अध्यक्ष पदको लागी दाबी गर्दै उमेदवारी घोषणा गरेका छन।आफुलाई बि.पि.कोईरालाको सच्चा अनुयायी र नेपाली काँग्रेसको अभियन्ताको रूपमा परिचित हुन रूचाउने गुरूङ् कार्यकर्तालाई संरक्षण गर्ने कार्यकर्तालाई परेको दुखसुखमा सजिलै हातमा हात काँधमा काँध मिलाएर दुख सुख बाँड्ने संगठनको लागी दिल ज्यान दिएर लाग्ने भएका कारण गुरूङ् देशै भरका तरूणहरू माँझ निकै लोकप्रिय मानिन्छन गुरुङ् भर्खरै देश ब्यापी रूपमा आफै जिल्ला जिल्लामा उपस्थित भएर तरूणदलको अधिबेशन सम्पन्न गरेर राजधानी फर्केका छन र आफु समर्थक धेरै भन्दा धेरै तरूणहरू जिल्ला जिल्लाबाट निर्बाचित भएर आएकाले नेतृत्व आफुले हत्याउने दाबी पनि गरिरहेका छन।
गुरूङ् आफ्नो गृह जिल्ला तनहुँ मात्र नभएर देशै भरका कुना काप्चामा तरूणहरूले आयोजना गरेको बिबिध खेलकूद तथा साँस्कृतिक कार्यक्रमहरू मेला महोत्सवमा सहभागी भएर बिभीन्न सामाग्री सौजन्य गरेर सहयोग पुर्याउँदै आईरहेका छन अबको राजिनीति तरूणहरूले गाँउठाँउमा भएका बिकृती बिसंगतीलाई चिरफार गर्दै तरूणहरू बिकास र निकास तिर लाग्नुपर्ने समयको माग अनुसार चल्नुपर्ने बताउँछन । गुरूङ् माथी २०७० सालको संबिधान सभाको निर्बाचनमा आफ्नै पाटीका बरिष्ठ नेता रामचन्द्र पौडेल बिरूद्ध बाग़ी उमेदवार बनेको आरोप छ उनलाई पार्टी भित्र पनि बाग़ी नेता भनेर चर्चा गरिन्छ । पार्टीले गुरूङ्लाई बागी बनेको ठहर गर्दै कार्बाही समेत गरेको छ । तर गुरूङ्ले पार्टी भित्र बढ्दै गएको बेथिती र बिसंगतीका बिरूद्ध अभियान संन्चालन गरिरहेको दाबी गर्दै आफु बाग़ी नभएको बयान दिएका छन ।
बि.पी.ले स्थापना गरेको राष्ट्रिय तथा अन्तराष्ट्रीय जगतले पत्याउने नेपालको एकमात्र ईतिहाँस बोकेको पाटी नेपाली कांग्रेस हो ! यस कारण पनि आफु सच्चा बि.पि.को अनुयायी र अभियन्ता भएको गुरूङ् बताउँछन राजनिती उदेश्यका लागी आफुले बि.पि.को बिचारलाई कहीं कतै कसैसंग सम्झौता नगरेको र निरन्तर बि.पि.को बिचारलाई अंगालेर हिंडेको र बि.पि.ले भन्नु भए जस्तो देशमा प्रजातन्त्र बहाली पछी चिल्ला गाड़ी चढ्ने पार्टीमा सुकिला मुकिला हाबी हुनेछन अनि यस्का बिरूद्ध आम कार्यकर्ताले संघर्ष गर्नु पर्ने हुन्छ । अहिले पाटीमा यस्तै हाबी हुँदै गएको र एस्ताका बिरूद्ध अभियान चलाउन आफुले तरूणदलको महाधिबेशनमा अध्यक्षमा उमेदवारी दिने बताएका छन ।
२०४६ सालको आन्दोलन बाट प्रभावित भएका गुरूङ् २०५४ साल देखि कृयासिल सदस्यता लिएर पार्टीको बिभीन्न तह र तप्कामा रहेर निरन्तर पार्टीले दिएको जिम्मेवारी बहन गर्दै ईमान्दारी पुर्बक सकृय राजनिती गर्दै आएका छन।गुरूङ्लाई बागी भनेर दुई चार जनाले आरोप लगाए पनि नेपाल तरूणदलको केन्द्रिय कार्यसमिति २०७२ चैत्र २७ गते बसेको बैठकले फुकूवा गरी पार्टी कार्यालय सानेपामा पठाएको र नेपाली काँग्रेस जिल्ला कार्य समिती तनहुँले पनी पार्टी सभापती बैकुण्ठनाथ न्यौपाने मार्फ़त पार्टी केन्द्रिय कार्यालय सानेपामा फुकूवाको माग गरी पत्र दर्ता गराएको र नेपाल तरूणदल तनहुँको भर्खरै सकिएको अधिबेशन बाट सर्बसहमती बाट जनजाति कोटाबाट केन्द्रिय प्रतिनीधी छनोट भएकोले आफुलाई अब हुने तरूण दलको अधिबेशनमा चुनाब लड्नको लागी रोकथाम नहुने तरूण नेता गुरूङ्ले बताएका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )