सप्तरीको कोइलाडीमा झाडापखालाको प्रकोप, दर्जनौं सिकिस्त


अवधेशकुमार झा, राजविराज
21092016103715jhada-4-1000x0आश्विन ५, २०७३- सप्तरीको कोइलाडी– २ स्थित पश्चिम टोलमा झाडापखालाले दर्जन बढी स्थानीय सिकिस्त भएका छन् । तीन–चार दिनदेखि उक्त बस्तीमा झाडापखाला देखिएको हो । अहिलेसम्म उक्त टोलका करिब ५ दर्जन व्यक्ति झाडापखालाबाट प्रभावित छन् । सुरुमा वान्ता हुने र पखाला लाग्ने गरेको देखिएको छ ।

चार दिनअघिबाट सुरु भएको झाडापखाला पछि त पूरै टोलभरि नै फैलिएको स्थानीय दीपेन्द्र मण्डलले बताए । ‘झाडापखालाले उग्र रुप लिदै गएपछि सर्वसाधारणमा त्रासको अवस्था सिर्जना भएको छ,’ उनले भने ‘हाल उपस्वास्थ्य चौकीबाट उपलब्ध केही सलाइन पानी र मेट्रोनले काम चल्दैन ।’ उनले औषधिसहित चिकित्सकको टोली आउनु जरुरी रहेको मण्डलले बताए ।

प्रदुषित खानेपानी, सरसफाईको अभाव तथा उचित खानपानमा ध्यान दिएको कारण झाडापखालाले उग्र रुप लिादै गएको बताउँदै उनले पानी शुद्धिकरण गर्ने औषधी, सरसफाई सम्बन्धि जानकारी दिन औषधिसहित विशेज्ञ टोली बस्तीमा आउनुपर्ने उनले बताए । बस्तीका थप परिवारमा पनि प्रकोप फैलिन थालेको छ ।

झाडापखालाबाट अति सिकिस्त भएका केही बिरामीलाई मंगलबार राति राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जनस्वास्थ्य प्रमुख विजय झाले जानकारी गराए ।

झाडापखालाबाट सिकिस्त २२ वर्षीया रिणा देवी मण्डललाई गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराइएको जनाएको छ । झाडापखालाबाट कोइलाडी टोलका अधिकांश घर प्रभावित भएका छन् ।

यता टोलमा झाडापखालाका विरामीको संख्या बढ्दै गएकोले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सलाइनसहितको आवश्यक औषधीहरु सहित टोली गएको जनस्वास्थ्य प्रमुख झाले जानकारी दिएका छन।

टोलमा दुषित पानी तथा खानपानका कारण झाडापखालाको प्रकोप हुन सकिने भएकोले बस्तीमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने तयारी तथा विभागबाट टोली मगाउने प्रमुख झाले जानकारी गराए।

झाडापखालाका कारण जिल्ला स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ३ दिनमा दर्जन वढी विरामी उपचार पश्चात घर गएका छन् भने कति उपचार मै रहेको आकस्मिक कक्ष ईञ्चार्ज लालकिशोर सिहंले बताए ।

साता अघि सप्तरीकै जमुनी मधेपुरा गाबिसमा पनि पखालाको प्रकोप फैलिएको थियो । सो स्थानको प्रकोप नियन्त्रणमा आएपनि अझै पनि केही पीडित रहेको स्थानियले जानकारी दिएका छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )