बिद्यालयमा बम आतंक र बाल बालिकामा मनोबैज्ञानिक असर।


उपेन्द्र मिश्र नुवाकोट।
14442618_1131720016908966_1905761427_nबाल बालिका भनेका काचो माटो,सादा कागज,सुगा मैना जस्तै हुन जस्तो किसिमको आकार दिइन्छ जस्तो धर्को तानिन्छ जे सिकाईन्छ त्यो नै सिक्छन र त्यहि व्यवहारमा परिणत गर्दछ्न।आफ्नो बिद्यालयमा त्रासको बाताबरण छ भने सिकाई प्रभावकारी हुन सक्दैन।शिक्षा मनोबिज्ञानले भनेको छ कि सिकाई हुन उपयुक्त सिकाई वातावरण हुनुपर्नेछ तब मात्र सिकाई प्रभाकारी हुन्छ।यहाँ कार्बाहीको नाममा बिद्यार्थीलाई मरणासन्न कुट्नु धम्की दिनु मनोबैज्ञानिक असर सिर्जना गर्नु सामान्य कुरा झै ठान्दछन।

लामो समय हिम्सात्मक आन्दोलनका कारण युद्ध भुमिमा परिणत भएको शैक्षिक क्षेत्रमा केही सुधारको संकेत देखिनुले बिधालय शान्ति क्षेत्रको नारा केहि सम्म लागु हुन खोजेको बुझ्नु पर्छ तर भुकम्पको कारण थप समस्या बिद्यालय र बालबालिकामा पर्यो।चन्दा आतंक तोडफोड आगजनीले शैक्षिक स्थल सुरक्षित रहेन।पढ्ने स्कुलमा बम पड्काईनुले ती बालबालिका जसको मानसपटलमा स्कुल सिक्ने ठाँउ भन्दा नि यो मृत्यु वा अङ्ग भङ्ग,हिम्सात्मक मानसिकताको प्रयोगशाला भय त्राश आतंक युद्ध भन्ने छाप पर्दछ।यो परिस्थितिमा अभिभाबकले आफ्ना बालबालिकालाई कसरी पठाउने ?यहाँ सुरक्षाको प्रत्याभूति कसले दिन सक्छ ?जिम्मेवार निकायको भुमिका के हो?

आज सम्म नेपालमा भएका गम्भीर किसिमको मानबता बिरोधी,मानव अधिकार उल्लंघनका घटनाको दोषी लाई के कार्बाही भएको छ र अब हुन्छ भन्ने आशा? न्याय पुर्ण समतामूलक समाज निर्माणको परिकल्पना ,ठुलो क्रान्तिकारी भाषण गर्ने बाल अधिकारको कुरा गर्ने गफैमा मात्र सिमित हुन पुग्यो । शैक्षिक क्षेत्रमा आतंक मच्चाउने गतिविधिको जति भत्सर्ना गरे पनि कमै हुन्छ।कोरियामा क्षेप्यास्त्र परिक्षण गर्दा बिरोध गर्ने नेपाल सरकार आफ्नो देशका बालबालिका माथी बमको बज्रपात हुँदा मौन छ।सुरक्षा निकायको आत्मबल कमजोर बनाउदै अपराधीहरुको मनोबल उच्च नबनाइयोस।शैक्षिक स्थल शान्ति क्षेत्र हो।पढ्न पाउने बाल अधिकार हो।आतंकको बिरोध गरौ।धुवा फाल्ने बारुदहरु घाउमा लाउने मलम बनाऔं गोलि फाल्ने बन्दुकहरु शान्ति लेख्ने कलम बनाऔं।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )