Daily Archives: 20/09/2016

राजधानीका विभिन्न स्कुलमा बम भेटियो


सुवास गोतामे
विष्फोट गराएको अाशंकामा दुईजना पक्राउ
bomb-blast-at-kathmandu-57e0e9c4326ec4-71365360काठमाडौंः काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा बम फेला परेको छ। दुईवटा विद्यालयमा राखिएका बम विष्फोट भएका छन्। बौद्धमा रहेको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा राखिएका सिलिन्डर बम विष्फोट भएको छ।महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएकोले विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त


यम विरही
prachanda-meet-resham-57e0820ce6fa19-05099652नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताजमहल होटेलमा भेटेका हुन् । भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

यात्रुसँग १ रुपैयाँ बढी लिनेलाई ५ हजारसम्म जरिवाना


vadadar४ असोज, ललितपुर । तपाई बस, माइक्रो बस, टेम्पो लगायतका सार्वजनिक यातायात चढ्दा साविकको भाडाभन्दा बढी तिरिरहनु भएको छ ?यदि साविकभन्दा धेरै भाडा सार्वजनिक सवारीका कर्मचारीले उठाउँछन् भने अब चुप लागेर नबस्नुस् । तुरुन्तै ट्राफिक प्रहरीको १०३ नम्बर डायल गर्नुहोस् । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको बिज्ञाप्ति सहित बाढीपहिरो सहयोगीको नामावली


कुबेत नेपालडटकम

0केही महिना अगाडी देशका बिभिन्न भागमा गएको भीषण बाढी पहिरोले पुर्याएको जन धनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै पिडीतहरुलाई मल्हम पट्टी स्वरुप केही राहत उपलब्ध गराउन एनआरएनए एनसीसी कुवेतले शुरुगरेको राहत संकलन अभियानमा १,७६४ केडी ४५० फिल्स (करिव ६ लाख २० हजार रुपैयाँ) संकलन सहयोगीको नामावली सहित)बिज्ञाप्ति प्रकाशित गरी उक्त जानकारी दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्