भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै


prachanda-and-modi-meet-2२ असोज, काठमाडौं । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै छन् ।भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण सकेर प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री योगपिठको भ्रमण पछि सिधै इन्धिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुननिर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौता भएको थियो । साथै २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )