बिसं २०४६ सालको जनआन्दोलनका सर्बोच्च कमाण्डर सिंहलाई कांग्रेसले भुल्दै।


कर्ण बहादुर अधिकारी,नुवाकोट।
14397970_1128742567206711_1286444713_nकाठमाण्डौको सम्पन्नशाली परिवारमा जन्मिएका गणेशमान सिंह श्रेष्ठ नेपालका बरिष्ठ राजनितिज्ञ,प्रजातन्त्रका सेनानी हुन।२०४६ सालको जनआन्दोलनमा आन्दोलनका उहाँ सर्बोच्च कमाण्डर पनि हुनु हुन्थ्यो।नेपालको राजनितिको सुरूवात बिसं १९९७ सालमा नेपालमा स्थापना भई सकेको”प्रजा परिषद” पार्टीबाट सदस्यता लिई राणा शाशकहरू बिरूद्ध बुलन्द आबाज उठाउने मध्यका एक थिए।तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड सुनाई काठमाण्डौ स्थित भद्रगोल बन्दिगृहमा बन्दि बनाए पश्चात उहाँसंगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो भने उहाँ कारबासमा नै हुनु हुन्थ्यो।जन्मजात विद्रोही भावना भएका गणेशमान सिंहलाई राणा शाशकले बन्दी बनाएको भद्रगोल बन्दीगृहको पर्खालले धेरै दिन कैद गर्न सकेन।उहाँ बन्दीगृहबाट भाग्न सफल हुनु भयो।
जेलबाट भागे पछि राणा शाशक बिरूद्ध कृष्ण बहादुर प्रधानको नामबाट राणा बिरोधी अभियान चलाउदै राणा शाशकको बिरूद्धमा आवाज उठाउने नेपालीहरूलाई राणा शाशकले कसैलाई मृत्यूदण्ड दिन्थे भने कसैलाई देश निकाला गर्दथे यसरी देश निकाला गरीएका नेपालीहरूको भारतमा ठूलै जमात भेटिन्थे नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौरमा रहेका नेपालीहरू माझ पुग्नु भयो। यसक्रममा उहाँको कोलकातामा जननायक वि.पी. कोइरालासँग बिसं २००१ सालमा सम्पर्क भएको थियो। विश्वेश्वरसँग मिलेर उहाँले २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न सफल हुनु भयो , जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ सालमा नेपाली काँग्रेस बन्यो। उहाँ नेपाली काँग्रेसको संस्थापक नेता बन्नु भयो। २००७ सालमा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो।राणा शाशकले अति नै कडा तवरबाट शाररिक यातना दिएर बन्दिगृहमा बन्दी बनाए।बिसं २००७ सालमा प्रजातन्त्र आए पश्चात उहाँ जेल मुक्त हुनुका साथै मोहन शम्शेरको मातहातमा बनेको सरकारमा उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल हुनु भयो।बिसं २००८ सालमा बनेको मात्रिकाको सरकारमा पनि उहाँ कृषि मन्त्री बन्नु भयो तर बिपी कोईरालाको कुरा सुनेर मन्त्री पद त्यागी दिए।

बिसं २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रको कु गरी पञ्चायति ब्यबस्था लागु गरे संगै २०१७ देखि २०२५ सम्म सुन्दरीजल स्थित बन्दीगृहमा बीपीसंगै बन्दी बनाए।२०२५ सालमा अन्तराष्ट्रिय दबाबमा परेर जेल मुक्त भएसंगै फेरी बिपीसंगै भारत निर्वास हुनु भएको थियो।भारतमा रहेर अझै संगठनलाई मजबुद बनाउदै पञ्चायत बिरूद्ध अभियान चलाउदै बिसं २०३३ सालमा राष्ट्रिय मेल मिलापको निति लिएर काठमाण्डौ फर्किए पछि देश द्रोहिको मुद्दा लगाई फेरी बन्दी बनाए।तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।बिसं २०३९ सालमा बीपीको निधन भए पछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए।१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।

२०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भए पछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलता स्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४६ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरेको थियो।
गणेशमान सिहलाई नेपाली कांग्रेसले २०४६ साल पछि कयौ पटक मन्त्री बन भन्दा पनि मन्त्री बन्ने चासो उहाँले कहिले देखाउनु भएन।उहाँ सधै सर्बमान्य नेता बन्नी रहनु भयो।

उहाँलाई नेपालको राजनिति पृष्ठ भूमिमा लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ।सधै भरी जनता नै जनार्दन हुन भन्ने सोच लिएर अगाडी बढेका सर्बमान्य नेता गणेशमान सिंहले गिरीजाबाबु संगको टक्राब पछि २०५१ सालमा कांग्रेसनै त्यागे पनि कांग्रेस पार्टीले भने उहाँलाई माया गर्नुका साथै सर्बोच्च नेता नै कायम गरी राखे।राजनितिमा पद मात्रै ठूलो होईन भन्ने स्वभावका सिंहको मृत्यू बिसं २०५४ साल असोज २ गते भएको थियो।उहाँको मृत्यू भएको पनि १९/२० बर्ष बित्नै लाग्यो।जति जति समय बित्दै गयो कांग्रेसले यस्ता ब्यक्तित्वहरूलाई भुल्दै छ।यसरी कांग्रेसले भुल्दै जानु भनेको कांग्रेस भित्र नै बिचलनको स्थिति सृजित हुनु हो।बर्षको एक पटक भए पनि यस्ता ब्यक्तित्वहरूको स्मरण गर्नु पर्ने होईन र ?जसले पार्टी र जनताका लागि जीवनको नै बाजी राखेर राजनितिमा होमिए आज तिनै बिशिष्ठ ब्यक्तिहरूलाई हामी कांग्रेसी हौ भन्नेले भुल्दै छौ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )