टिकट अभाव हुँदा आममाफीमा सहभागी भएर नेपाल फर्कन पाएनन् कामदार


होम कार्की,
कतारमा भागेर काम गर्दै आएका नेपाली कामदार ।
18092016111200quatar-1000x0आश्विन २, २०७३- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रवासी कामदारको लागि दिएको आममाफीमा सहभागी हुन चाहनेहरु टिकट अभाव हुँदा स्वेदश फर्किन पाएका छैनन् ।कतारले सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म आममाफीको लागि समय दिएको छ । दसैं तिहारको पर्व पारेर घर बिदामा स्वदेश फिर्नेहरुले पहिला नै टिकट बुकिङ गरेकाले अहिले टिकट पाउन मुस्किल परेको हो ।

कतारको आन्तरिक मन्त्रालयले गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रवासीहरु कामदारलाई बिना झन्झन्ट स्वदेश फर्कनसक्ने वातावरण बनाएको दाबी गरेको छ । यो १२ वर्षपछि खुलेको हुनाले नेपाली दूतावासले पनि यस प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै आवश्यक समन्वय गर्दै आएको छ ।

‘टिकटै पाउन मुश्किल छ । पाइहालेमा पनि एकदमै महँगो छ,’ पाल्पाका भीम थापाले भने, ‘अब दसैं तिहार अगाडि घर गइएला जस्तो छैन् ।’

कतारबाट नेपाल सिधा उडान नेपाल एयरलाइन्स, हिमालायन एयरलाइन्स र कतार एयरवेजले भर्दै आइरहेको छ । बजेट एयरमा एयर अरेबिया र फ्लाइ दुबई छ । बजेट एयरलाइन्सको टिकट लिएर आममाफी प्रक्रियामा सहभागी हुन जाँदा भनेको दिनमा एक्जिट पेपर नपाए टिकट नै खेर जाने अवस्था छ । ‘आममाफी नोभेम्बर पछि दिएको भए निकै सजिलो हुने रहेछ । त्यतिखेर स्वदेश फिर्नेहरुको सिजन पनि नहुने थियो । टिकट पनि निकै सस्तो हुन्थ्यो,’ कास्कीका लालबहादुर परियारले भने, ‘अहिले त टिकट खरिद नै गर्न नसकिने स्थिति छ ।’

टिकट नभएपछि आममाफीमा सहभागी हुनेहरु उल्लेख्य छैनन् । कतार सरकारले सन् २००९ को कानुन नं ४ को प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप सम्बन्धि कानुन उल्लंघन गरेर बस्ने आप्रवासी कामदारको हकमा आममाफी आर्कषित हुने जनाएको छ । आममाफीमा स्वदेश फर्कनेलाई कामदारलाई दुई वर्षपछि कतारमा काम गर्न आउन पाउने व्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्रालयले आममाफीको सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको सल्वारोड स्थित खोज तथा अनुगमन विभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट, जसलाई नेपालीले सिआइडी भनेर चिन्ने गर्छन्) मा सम्पर्क गर्न भनेको छ । यो विभागमा कम्पनीले एक्जिट पेपर (ख्रुज पेपर) नदिएर स्वदेश फिर्न नपाएकाहरु सहजीकरण गरिदिन पुग्ने गरेका छन् । मन्त्रालयका अनुसार दैनिक दुई सय भन्दा बढी कामदार त्यहाँ पुग्ने गरेका छन् ।

कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आवासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या यकिन नभए करिव १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

नेपाली दूतावासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दूतावास आउने गरेको छ ।

नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार कम्पनी, तलब, काम र सेवासुबिधा नभएपछि नेपालीहरु गैरकानुनी भएर बाहिर काम गर्ने गरेका छन् । त्यस्ता कामदारहरु विशेष गरी प्रहरीबाट बच्नको लागि मरुभूमीमा भेडा चराउने, खेतिपातिको काम गर्ने र विभिन्न कम्पनीमा गएर लुकेर काम गर्ने गरेका छन् ।

‘म यतिखेर ऊँट चराउने काम गरिरहेको छु । कम्पनीले नियममीत तलब दिएको भए भागेर यस्तो कठिन जीवन जीउन पर्ने अवस्था थिएन,’ सिन्धुलीका श्याम परियारले कान्तिपुरलाई भने । कतार सरकारले यसअघि सन् २००४ मा मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो । त्यस बेला समयअवधि थप गरिएको थिएन ।
त्यस बेला ६ हजार गैरकानुनी हैसियत भएका आप्रवासी कामदार स्वदेश फर्किएका थिए। त्यस बेला कतारमा ६ लाख ५० हजार जनंसख्या थियो । अहिले कतारको जनसंख्या करिब २५ लाख पुगिसकेको छ । लामो समयमा आममाफी खुलेकोले धेरै गैरकानुनी कामदारले यस अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )