नुवाकोट तरूण दलको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा सिंहराज तामाङ।


नुवाकोट।
14365325_1127279904019644_30944960_nनेपाली कांग्रेसको भातृ संगठन तरूण दल नुवाकोटको चौथो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ।मिति २०७३/५/३० गतेका दिन अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नुवाकोट क्षेत्र नं ३ का माननीय सांसद बहादुर सिंह लामाबाट उद्धघाटन भएको कार्यक्रममा तरूण दलको नयाँ कार्य समिति चयन गर्ने कार्य भने भाद्र ३१ गते शुक्रबारका दिन सकिएको छ।तरूण दलको नयाँ कार्य समितिका सबै पदहरूमा भाद्र ३० गते नै तरूण दल केन्द्रिय प्रतिनिधिका बीचमा आकाँक्षीहरूले उमेदवारी दर्ता गराए पनि रात भरीको सहमति पश्चात नयाँ कार्य समिति सर्व सम्मत चयन भएको छ।

14397465_1127279944019640_602896276_nउक्त अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नुवाकोट क्षेत्र नं ३ का माननीय बहादुर सिंह लामा,बिशेष अतिथी नेपाली कांग्रेसका यूवा नेता एवं महासमिति सदस्य रमेश कुमार महत,बिशेष अतिथी तरूण दल केन्द्रिय प्रतिनिधि राम रोका,अतिथिहरू तरूण दल केन्द्रिय सदस्य प्रमोद रिमाल, नुवाकोट क्षेत्र नं २ का सभापति धुर्ब श्रेष्ठ,क्षेत्र नं ३ का सभापति जगत तामाङ लगाएत नुवाकोट जिल्ला नेपाली कांग्रेस १३औं महाधिवेशनका माहाधिवेशन प्रतिनिधिहरू र महासमिति सदस्यहरू साथै नुवाकोट जिल्लाका तरूणहरूको उल्लेख्य उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी ,बिशेष अतिथि र अतिथिहरूले मन्तव्यका क्रममा नुवाकोट कांग्रेसमा देखिएको समस्या र यसलाई कसरी निराकरण गरेर अगाडी बढ्ने र तरूण दल नुवाकोटले आउँदा दिनहरूमा कसरी काम गरेर अगाडी बढ्नु पर्छ भन्ने बारे आआफ्नो बिचारहरू राख्नु भएको थियो।बीपी कोईरालाले स्थापना गर्नु भएको तरूण दल नेपाली कांग्रेस पार्टीको एक अभिन्न अंग हो र यसलाई चुस्त रूपमा राख्न जरूरी छ र त्यो तपाई हामी सबैको जिम्मेवारी पनि हो भनी बिशेष अतिथि रमेश कुमार महतले आफ्नो धारणा राख्नु भयो।
14371928_1127279994019635_1495302013_nनेपाल तरुण दल नुवाकोटको चौथौ जिल्ला अधिबेशनबाट निर्वाचित हुनु भएका पदाधिकारीहरू अध्यक्षमा सिंहराज तामाङ, उपाध्यक्षमा रामकुमार घिमिरे, सचिवमा सुबन गिरी, कोषाध्यक्षमा गणेश कार्की प्रज्वल ,केन्द्रिय पार्सद राजु कडेल,केन्द्रिय पार्सद सरिता आचार्य,महाधिवेशन प्रतिनिधि महिला तर्फ कल्पना नेपाली र बिनिता तामाङ, शंखर गजमेर दलितबाट,राजकुमार लामा दावा जनजातिबाट ,अल्प संख्यबाट सुरज श्रेष्ठ र क्षेत्र नम्बर ३बाट महाधिवेशन प्रतिनिधि सागर शाक्य निर्बाचित हुनु भएको छ।उक्त कार्यक्रमको सभापतित्व तरूण दल नुवाकोटका निबर्तमान अध्यक्ष अर्जुन न्यौपानेले गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )