तमू समाज, कुवेतले तमू ल्होसार डिसेम्बर ३० तारिक मनाउने।


सुरेश गुरुङ,कुवेत

1897867_815436618471401_368221200_nतमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर ३० ,२०१६ शुक्रबारका दिन (बादर वर्ग )लाई बिदाइ तथा चरा बर्ग स्वागत गर्दै साँस्कृतिक कार्यक्रम को साथ मनाउने भएको छ।

खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज,तमु जातीको महान पर्ब ल्होछार एक समावेशी ढंगबाट मनाउने भएको छ ।

यसपाली को तमू ल्होसार पृथक ढङ्गले विभिन्न खेलकुद र संस्कृति कार्यक्रम को साथ धुमधाम तरिकाले मनाउने भएको छ खेल मा (छेलो हान्ने)रसी (डोरी) तान्ने,यो महान पर्व मा आफ्नो भाषा ,सांस्कृतिक र जातिय पहिचान लाई झल्काउने किसिमका कार्यक्रम प्रस्तुत रहने छ।

आज कुबेत को सिटी स्थित गुलसन होटेल मा बसेको समाज को मासिक बैठक ले आगमी गत ३० तरिक डिसेम्बर उक्त निर्णय गरिएको हो,तमु समाज कुबेत ले उक्त दिन कसैले पनि कार्यक्रम नजुधाई दिनहुन अनुरोध गर्दै कुवेतका सबै संघ संस्थाहरुलाई उपस्थितिको लागि मिडिया मार्फत अनुरोध गरेका छन्। स्थान र समय निश्चित भैनसकेकोले पुनः अनलाइन मिडियाबाट सूचित गरिने जानकारी पनि समाजले दिइएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )