गायक खेमराजको शोक तथा श्रध्दान्जाली सभा सम्पन्न


सुरेश गुरुङ, कुबेतimg_0141

१६ सेप्टेम्बर २०१६।चर्चित लोकगायक खेमराज गुरुङको आज १६ तारीखक कुबेत स्थित गुलसन होटेल मा कुवेतमा रहेका संघ संस्थाहरूको सकृयतामा शोक तथा श्रद्दान्जली सभा सम्पन्न गरिएयो ।

तमू समाज, कुवेतद्वारा कुबेत को सिटी स्थित गुलसन होटेल मा आयोजना गरेको उक्त कार्यक्रममा कुवेतका संघ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। वारि जमुना, पारि जमुनामार्फत सांगीतिक स्थापित बहुप्रतिभाशाली गायक खेमराज गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा भदौ ९ गते ४२ वर्षको उमेरमा उपचारकै क्रममा मृत्यु भएको थियो। श्रद्धाञ्जली सभा मा स्वर्गीय गुरुङको तस्विरमा माल्यार्पण गर्नुको साथै स्वर्गीय आत्माको चीरशान्तिको लागि दीप प्रज्लान गरी स्वर्गीय गुरुङको आत्मा शान्तिको लागि उनिकै गीत “वारि जमुना पारी जमुना..” गीत बजाउदै एक मिनेट मौन धारण गरेर कार्यक्रममा सहभागी सबैले गुरुङको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

img_0161कार्यक्रमलाई उपाध्यक्ष राजु गुरुङ ले सञ्चालन गरेका थिए । कार्यक्रममा समाज को सल्लहकार धनप्रसाद गुरुङ, सल्लहकार अमृत गुरुङ, मगर सँघ कुवेतका अध्यक्ष मित्र बहादुर सिंज्याली,आदिवासी जनजाति कुबेत को सचिव बसन्त थापामगर,भोजपुर सेवा समाज कुबेत अध्यक्ष कोशराज राई, एन आर एन ए, कुवेत को महिला प्रमुख मधु बगार,पत्रकार दिलकुमार पाख्रीन ले गायक खेमराज गुरुङको मृत आत्मको चिर शान्तिको कामना गर्दै वहाँको जीबनी र वहाँले गयएको गीत को काम को सकारात्मक मार्गहरुको ’boutमा चर्चा गरेका थिए भने पत्रकार साहित्यकार छबिराम सुनारले खेमराज “तिमीलाई श्रद्दञ्जली” शिर्षकमा कविता वाचन गर्दै श्रद्दञ्जली अर्पण गरेका थिए।

गायक खेमराज गुरुङका कृतिहरु:
जीवन : (लोक आधुनिक गीति संग्रह २०५४)
जीवन : (भाग ३ लोक गीति संग्रह २०५७)
अनमोल: (लोकआधुनिक, २०५८)
सोल्टी: (लोकपप, गजबबहादुर गुरुङ “जस ब्रडी” को साथमा २०५८)
आलुतामा: (लोक, २०६१)
ढाक्रे: (जीवन, भाग ३, लोक २०६४)
ढाक्रे: (लोकगीतिसंग्रह, २०६४)

img_0019गायक खेमराज गुरुङको जन्म २०३१ साल माघ १ गते संखुवासभामा जिल्ला खाँदबारी भएको थियो। गुरुङको परिवार मा अामा श्रीमती र २ छोरा छन् । गुरुङले ०५७ र ०५८ मा म्यूजिक नेपाल पुरस्कार, ०५८ मा छिन्नलता युवा प्रतिभा पुरस्कार, मनकामना महोत्सव ०५८ मा कदरपत्र, भोजपुर साहित्य कला, संगीत महोत्सव सम्मान, हिट्स एफएम रेकर्ड अफ दि इयर, म्यूजिक नेपाल दशक पुरस्कार ०६०, प्रबल गोरखा दक्षिणबाहु चौथा ०६१, इमेज अवार्ड ०६२ लगायत विभिन्न संघसंस्थाबाट प्रशंसापत्र र पुरस्कार पाएका थिए ।img_0127img_0132img_0133

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )