संगीतकर्मी सुनिल बर्देवाको निधन


कान्तिपुर संवाददाता , काठमाडौं

14370006_1195518640522844_5982620169084877059_nभाद्र २९, २०७३- गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले जानकारी दिए । निर्वाण बर्देवाका फूपूका छोरा हुन् ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवाले धुम्बाराहीस्थित घरमा असहज महसुस गरेपछि आफन्तले मंगलबार साँझ शिक्षण अस्पताल पुर्‍याएका थिए । पुरानो महाराजगञ्जस्थित घर छाडेर केही समयदेखि बर्देवा धुम्बाराहीमा बसोबास गरिरहेका थिए ।

उनका दुई छोरी र एक छोरा छन् । तीनै जना नारायगढस्थित मामाघरमा बसेर पढिरहेका छन् । चितवनबाट उनका तीन सन्तान काठमाडौं आएपछि बुधबार उनको अन्त्येष्टि गरिने सल्लाह भएको निर्वाणले बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )