डिसेम्बर २३ मा किरात राई यायोक्खा कुवेतले उधौली पर्व मनाउने


नैनकला राई,कुबेत

kirant-rai-yoyakkha-kuwait-new-358x300सेप्टेम्बर १२, कुवेत- किरात राई यायोक्खा कुवेत शाखाले आगामी २३ डिसेम्बर २०१६का दिन किरातीहरुको उधौली पर्व मनाउने भएको छ |संस्थापक तथा बरिष्ट सल्लहाकार अमित राई लगाएत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति अध्यक्ष रमेश किरातीको अध्यक्षतामा गत ९ सेप्टेम्बर २०१६ का दिन बसेको बिशेष बैठकले उधौली पर्व भब्य रुपमा मनाउने निर्णय गरेको हो |मंसिरे पूणिर्मावाट शुरु हुने यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घको कामना गर्दै उधौली चार्ड मनाइन्छ । बालीनाली थन्काउने समय सुरु हुने भएकोले अन्नपात सप्रियोस् भन्ने कामना गर्दै किरात राई, लिम्बू, याक्खा र सुनुवारहरुले मनाउने गर्छन् | वर्तमान समयमा उभौली र उधौली पर्व किरात समुदायको बसोवास गर्ने क्षेत्रहरुमा मात्रै नभएर देश बिदेशमा रहेका नेपालीले पनि मनाउदै आएका छन् ।

अध्यक्ष किरातीले देश–विदेशमा रहेका सबै किराती तथा गैर किरातीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै यसले साम्प्रदायिक सम्बन्धलाई थप मजवुत पार्ने विश्वास गर्दै अग्रिम शुभकामना व्यक्त गरेका छन् साथै कार्यक्रम हुने स्थान र समयको टुङ्गो नभैसकेकोले छिट्टै जानकारी गराउने आयोजकले बताएको छ ।

२ बर्ष देखि कुवेतमा क्रियाशील किरात राई यायोक्खा कुवेत शाखाले कुवेतमा कार्यरत किरात राइहरुलाई संगठित गर्दै स्थापना देखि किरात राईहरुको उधौली र उभौली पर्वहरु नियमित रुपमा मनाउदै आएको छ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )