युएईमा अलपत्र सुरक्षाकर्मीको समस्या समाधान


होम कार्की, काठमाडौं
11092016030254uae-photo-1000x0‘अक्टोबार ३१ भित्र रोकिएको तलब दुई किस्तामा दिने सहमति भएको छ । कम्पनी बन्द भएर दिन नसक्ने अबस्था आएमा म्यानपावरको धरौटीबाट काटेर दिइनेछ ।’ – श्रम सहचारी, हिरादेबि यादब
भाद्र २६, २०७३- संयुक्त राष्ट्र इमिरेट्स (युएई) स्थित ‘लिडर सेक्युरिटी सर्भिस’का कार्यरत ३० नेपाली सुरक्षाकर्मीको समस्या समाधान भएको छ । तीन महिनाको तलब नपाएको भन्दै एक महिनादेखि काम छाडेर बसेपछि ती नेपाली सुरक्षाकर्मीलाई खाना समेत समस्या परेका थियो ।

युएईस्थित नेपाली दुताबास, कम्पनी मालिक, पीडित कामदार र गैरआबासीय नेपाली संघ, युएईबीच शनिबार बसेको संयुक्त बैठ्कमा कम्पनीले कामदारका तलब भुक्तान गर्ने सहमति जनाएपछि समस्या समाधान भएको थियो ।
‘कम्पनीले बाँकी तलब अक्टोबर ३१ सम्म दुई किस्ता भुक्तानी गर्ने लिखित पत्र दुताबासलाई दिएको छ,’ युएईका लागि श्रम सहचारी हिरादेवी यादबले कान्तिपुरलाई भनिन्, ‘यदि कम्पनी बन्द भएर भुक्तानी गर्न नसकिने अबस्था आएमा उनीहरुलाई पठाउने म्यानपावरबाट क्षतिपुर्ति सहित असुल उपर गरिनेछ ।’
कम्पनीले रोजगार करार पत्रमा उल्लेख भएका सेवा सर्त अनुसार नै कामदारलाई तलब तथा सेवासुबिधा दिन राजी भएको छ । कम्पनीले जुनसम्मको तलब बैंक मार्फत हालै भुक्तानी गरेको छ ।

दुताबासले जिम्मेवारी लिएपछि पीडित कामदारले सोमबारबाट आफ्नो डिउटीलाई सुचारु गर्ने भएको छ । उनीहरु एक महिना अघिबाट डिउटी छाडेर बसेका थिए । ‘हामीले कामदारलाई पठाउने दुबै म्यानपावरका सञ्चालकसँग कुराकानी गरिसकेका छौं । कम्पनीबाट तोकिएको समयमा तलब भुक्तान नभएमा बैदेशिक रोजगार बिभागमा रहेको म्यानपावरको धरौटी रकमबाट पीडितका परिवारलाई दिइने प्रबन्ध मिलाउनेछौं’, यादबले भनिन् ।

पीडित कामदारले आफुहरु अन्यायमा परेको भन्दै स्वदेशमा उद्दारका लागि अपील गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र र श्रम मन्त्रालयलाई तत्काल समस्या समाधान गर्न शुक्रबार लिखित निर्देशन दिएका थिए । निर्देशन लगत्तै दुताबासले बिदाको दिनमा कामदार रहेको क्याम्पमा पुगेर समस्या समाधान गर्न पहल थालेको थियो ।
ती कामदार १० महिनाअघि काठमाडौंस्थित हिमारब ओभरसिज र एनसीअफ म्यानपवारलाई दुई लाख ५० देखि दुई लाख ७० हजार रुपैयाँ बुझाएर पुगेका थिए । पीडित मध्येका भरत जोशीले दुताबासले सबै जिम्मेवारी लिई भुमिका निर्बाह गरेपछि आफुहरुलाई राहत मिलेको बताए । ‘हामी कम्पनीले भनेको दिनदेखि डिउटीमा जानेछौं’, उनले भने,‘कम्पनीले पनि समस्याहरु सबै हटाउने प्रतिबद्धता जनाएको छ ।’
बैठकमा सहभागी गैरआबासीय नेपाली संघ युएईका उपाध्यक्ष रमेश श्रेष्ठले कम्पनीले हिसाब किताबमा केही त्रृटि भएको भन्दै कामदार समक्ष गल्ती सञ्चाउन तयार भएको बताएपछि सहज निकास निस्केको बताए ।

कुरा मिल्यो : युएईको राजधानी आबुधाबीबाट एकसय ४३ किमी टाढा रहेको सारजाहामा नेपाली सुरक्षाकर्मीको समस्या मिलेपछि सामुहिक फोटो खिचाउदै श्रम सहचारी हिरा यादब, कम्पनी सञ्चालक, गैरआबासीय नेपाली संघका पदाधिकारी र पीडित कामदार ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )