आदिवासी जनजाति मन्त्रालय गठन गर्न सरकारसँग माग


nagendra-kumal-and-prachand२६ भदौ, काठमाडौं । आदिवासी जनजाती अगुवाहरुले आदिवासी जनजाती मन्त्रालय गठन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाती दिवस सरकार आफैले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् । आफ्ना माग’bout ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल लगायतको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो ।

सिंहदरवारमा भएको भेटमा आदिवासी जनजातिका अगुवाहरुले आदिबासी जनजाति दिवस सरकारले आयोजना गर्न, संविधान संशोधन गरी पहिचान र जनजाति मुद्दाहरुको सम्बोधन गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्थाको दर बढाउन, संविधानमा जनजाति अधिकारलाई मौलिक हकको व्यवस्था गर्न, जनजाति प्रतिष्ठानलाई प्रदेश तहसम्म बिस्तार गर्न, आदिबासी जनजाति मन्त्रालयको गठन गर्न माग गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले उत्पीडित जनताले अधिकार पाउँदा आफूलाई सन्तोषको अनुभूति हुने बताएका थिए । उत्पीडितहरुका अधिकार स्थापित सरकार तयार रहेको उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘मेरो राजनीतिक जीवन नै अधिकारको लडाईंमा बित्यो । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार पाउँदा मलाई सन्तोषको अनुभूति हुन्छ । संविधान संशोधन गरेर उत्पीडितहरुका अधिकार स्थापित गर्न सरकार आतुर छ ।’

भेटमा प्रधानमन्त्रीले दोस्रो संविधान सभापछि पहिचान र अधिकारका पक्षधर शक्तिहरु कमजोर भएको भन्दै परिस्थितिको चापले संविधानमा सम्झौता गर्नु परेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )