Daily Archives: 11/09/2016

सर्वोच्चले सोध्यो – भाषा किन र कसले बिगारेको ?


दुर्गा दुलाल
img-04काठमाडौं–सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ। न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो। अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यक्रम लगायत अन्य सरकारी निर्णय रोकिने छ। पढ्नेक्रम जारी राख्नुहोस्

आदिवासी जनजाति मन्त्रालय गठन गर्न सरकारसँग माग


nagendra-kumal-and-prachand२६ भदौ, काठमाडौं । आदिवासी जनजाती अगुवाहरुले आदिवासी जनजाती मन्त्रालय गठन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाती दिवस सरकार आफैले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् । आफ्ना माग’bout ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल लगायतको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

युएईमा अलपत्र सुरक्षाकर्मीको समस्या समाधान


होम कार्की, काठमाडौं
11092016030254uae-photo-1000x0‘अक्टोबार ३१ भित्र रोकिएको तलब दुई किस्तामा दिने सहमति भएको छ । कम्पनी बन्द भएर दिन नसक्ने अबस्था आएमा म्यानपावरको धरौटीबाट काटेर दिइनेछ ।’ – श्रम सहचारी, हिरादेबि यादब
भाद्र २६, २०७३- संयुक्त राष्ट्र इमिरेट्स (युएई) स्थित ‘लिडर सेक्युरिटी सर्भिस’का कार्यरत ३० नेपाली सुरक्षाकर्मीको समस्या समाधान भएको छ । तीन महिनाको तलब नपाएको भन्दै एक महिनादेखि काम छाडेर बसेपछि ती नेपाली सुरक्षाकर्मीलाई खाना समेत समस्या परेका थियो । पढ्नेक्रम जारी राख्नुहोस्