खोटाङ कुवेत सम्पर्क मन्च कुवेतद्वारा क्यान्सर र ब्रेन ट्युमर पीडित हरुलाइ सहयोग।


कुबेत नेपालडटकम
1कुबेत सेप्टेम्बर १०, सेवा नै धर्म हो निकोलाई अस्त्रोभस्कीको’ एउटा भनाइ छ, ” मानिसको सबैभन्दा ठुलो सम्पत्ति भनेको उसको जिबन हो। उसले आफ्नो जिन्दगी यसरी जिउनपर्छ जसले पछि आफ्नो बहुमुल्य समय त्यतिकै खेर फालेकोमा पछुताउनु नपरोस् । ” र, आजको दिनमा खोटाङ कुवेत सम्पर्क मन्चका प्रतेक सदस्यहरले समस्याग्रस्त समाजको सावधानको निमित्त बारम्बार विभिन्न विषयमा गरिरहनु भएको आर्थिक सहयोगले पनि देखाउछ। ” निकोलाइ अस्त्रोभस्कि जस्ता महान ब्यक्तिहरु को भनाइलाइ आत्मिक हृदयले आत्मसात गरि । अहिले उहाहरुको प्रवासको बसाइलाइ देश र देशभित्रको जटिल समस्यालाइ पर्तेक्ष समाधानको परिणाम आउने गरि आफ्नो क्षमता अनुसारको सहयोग गरिरहनु भएकोले पनि देखिन्छ ।

14088909_1223194517712385_1901057952_nत्यसै क्रममा हिजो शुक्रबारका दिन दुइवटा भिन्नभिन्न समस्या ( क्यान्सर पीडित र ब्रेन ट्युमर जस्ता जटिल रोगका लागी ) खोटाङ कुवेत सम्पर्क मन्च कुवेतले सहयोग गरेको छ। सर्लाही जिल्ला , कमैया गाबिस वडा न. ९ का स्थाइ निवासी जानकी देवि पाचेमगर र लुकुमाया पाचेप्रधानलाइ जिउ मास्ने क्यान्सर जस्तो रोगले गाजेको र उहाहरुको आर्थिक अवस्था निकै कमजोर भएको मगर संघ कुवेतले पत्रद्वारा जानकारी गराउनु भएको हुदा , र साथसाथै मोरङ जिल्ला बेलवारी नगरपालिका वडा न. ४ का स्थाइ बासिन्दा बर्ष १२ को सबिन धिमाललाइ ब्रेन ट्युमर जस्तो प्राणघातक रोगका कारण हाल भारतमा उपचार गर्दै आइरहनु भएको र आर्थिक अबस्थाले झनै जटिल अबस्था सिर्जना गरेको पत्रद्वारा जानलारी आएको हुदा , खोटाङ कुवेत सम्पर्क मन्चको बिधान अनुसार मन्चका अध्यक्ष मन्जित चाम्लिङ राईज्यु ले कुवेती दिनार ( 21KD , 21 KD ) का दरले मगर सङ कुवेतका कोषध्यक्ष केदार आले ज्युलाइ र मोरङ सुनसरी सेवा समाजलाइ रकम हस्तान्तरण गर्नु भएको छ।

1खोटाङ मन्चका अध्यक्ष मन्जित राइज्यु को अनुसार यो सस्थाको स्थापना कालबाटै नेपाल भित्रका विभिन्न प्राकृति समस्या र आर्थिक अबस्था कमजोर भएको ब्यक्तिको समस्यालाइ पहिलो प्राथमिकता दिदै सहयोग गर्दै आएको र भोलिको दिनमा पनि कुवेत भित्रका अन्य सङ सस्थाहरु सङै हातेमालो गर्दै आफुहरुले सक्ने सहयोग गर्ने । र , आजको समयमा मानवताको नाताले पनि यो गर्न जरुरी छ भन्दै अन्य सम्पुर्ण कुवेत भित्रका श्रमजीवी नेपालिहरुलाइ देश र देशवासिको समस्यामा एक भै सहयोग गर्न आव्हान गर्नु भयो। खोटाङ कुवेत सम्पर्क मन्चको समाजसेवी भावना र सहयोगलाइ उच्च मुल्यांकन गर्दै बदाइ सङै धन्यवाद दिन चाहान्छौ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )